Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न


ग्लोबल पाना
बुधबार, माघ २ २०८१
  • 339
    SHARES

  • images
    फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    ललितपुर, पौष २९ - फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा मिति २०८१ पौष २९ गते ललितपुरको पुल्चोकस्थित एलिस कन्फरेन्समा सम्पन्न भएको छ। सभाको अध्यक्षता कम्पनीका सञ्चालक समितिका अध्यक्ष श्री सशीन जोशीले गर्नुभएको थियो।

    images
    images
    images

    सभामा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितका वित्तीय विवरण, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलाई पारित गरिएको छ। साथै, फोनपेले २०८१ अषाढ मसान्तसम्म कायम रहेको चुक्तापुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ।

    आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकमा पुनः  N.B.S.M. & Associates लाई नियुक्त गर्ने निर्णय समेत सभाले अनुमोदन गरेको छ।

    फोनपेले डिजिटल भुक्तानी सेवामा आफ्ना सेवा तथा सुविधालाई अझ प्रभावकारी बनाउँदै लैजान विविध रणनीतिक योजना कार्यान्वयन गरिरहेको जानकारी सभामा गराइएको थियो।

     

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ