Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

काठमाडौंको ठमेलबाट अपहरणमा संलग्न चार भारतीय नागरिकलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति


बिहीबार , माघ ३ २०८१
  • 177
    SHARES

  • images
    काठमाडौंको ठमेलबाट अपहरणमा संलग्न चार भारतीय नागरिकलाई अदालतले पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं। काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका चार भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न जिल्ला अदालतले अनुमति दिएको छ।

    images
    images
    images

    जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, अपहरणपछि भारततर्फ लैजाँदै गरेका आरोपितलाई मकवानपुरको भीमफेदीबाट नियन्त्रणमा लिइएको हो। हिरासतमा राख्न अनुमति पाएका आरोपितहरुमा भारत महाराष्ट्र प्रदेशका ३३ वर्षीय आशुतोफ दत्रेय, ३० वर्षीय अमोल खरमते, ४० वर्षीय असरफ युनुस शेख, र ३० वर्षीय अम्बास श्रीसत रहेका छन्।

    अधिकारीले भने, "उनीहरुविरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ। यो अवधिमा बयान लिने र अनुसन्धानका अन्य प्रक्रिया अघि बढाइनेछ।"

    मंगलबार ठमेलबाट चिनियाँ नागरिक हराएको खबर प्राप्त भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो। ठमेल क्षेत्रको सीसीटीभी फुटेजमा चिनियाँ नागरिकलाई गाडीमा हालेर लैजाँदै गरेको देखिएपछि प्रहरीको ध्यान तानिएको थियो।

    नाकाहरुमा कडाईका साथ जाँच गरिरहेका बेला मकवानपुरमा शंकास्पद गतिविधि पत्ता लागेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएर चिनियाँ नागरिकलाई उद्धार गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ