Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नवलपुरमा विद्यालय गाडी चेकजाँच: ९ गाडी कारबाहीमा


शुक्रबार, माघ ४ २०८१
  • 2,084
    SHARES

  • images
    नवलपुरमा विद्यालय गाडी चेकजाँच: ९ गाडी कारबाहीमा

    गैंडाकोट, नवलपुर— जिल्ला बाल क्लब नवलपुरको नेतृत्वमा जिल्ला ट्राफिक कार्यालय, एनसीसी अल्मुनाई एसोसिएसन नवलपुर जिल्ला कमिटी र अस्थायी प्रहरी पोष्ट गैंडाकोटको सहकार्यमा विद्यालय गाडी चेकजाँच कार्यक्रम सञ्चालन गरियो। कार्यक्रम गैंडाकोट-०२ स्थित पूर्व–पश्चिम राजमार्गमा बिहान ९:००–१०:३० र बेलुकी ४:४०–५:३० को समयावधिमा सम्पन्न भयो।

    images
    images
    images

    चेकजाँचका क्रममा विद्यालय बस सञ्चालन निर्देशिका–२०७४ विपरीत सञ्चालन भएका ९ वटा गाडी कारबाहीमा परेका छन्। अरोमा कलेज चितवनका ५ गाडी, एपेक्स एकेडेमी चितवन, साईनिङ स्कूल गैंडाकोट, मामाघर एकेडेमी कावासोती र अक्स्फोर्ड कलेज गैंडाकोटका १–१ गाडीमा निर्देशिकामा उल्लेखित सुरक्षा मापदण्डको कमी भेटिएको छ।

    जिल्ला बाल क्लबका सचिव साथै एन. सि. सि. अल्मुनाई एशोसिएसन नेपाल, नवलपुर जिल्ला कार्यसमितिका निर्देशक विशाल सापकोटाका अनुसार गाडीहरूमा प्राथमिक उपचार किट, फायर एक्स्टिङ्गुइशर, आपतकालीन ढोका र ह्यामर जस्ता आवश्यक सामग्री नभएको तथा कतिपय गाडी विद्यार्थी बोक्न योग्य नभएकाले कारबाही गरिएको हो।

    सापकोटाले प्रमुख जिल्ला अधिकारीको स्वीकृतिमा कार्यक्रम सञ्चालन गरिएको जानकारी गराउँदै चेकजाँचलाई नियमितता दिने बताए। उनले सम्पूर्ण विद्यालयलाई बस सञ्चालन निर्देशिकाको पालना गर्दै सुरक्षित सवारी सञ्चालन गर्न आग्रह गरे।

    यस अभियानले विद्यालय गाडीहरूको सुरक्षामा सुधार ल्याउँदै विद्यार्थीहरूको यात्रालाई थप सुरक्षित बनाउन योगदान दिने विश्वास गरिएको छ।

    images



    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ