Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

न्यौपानेको सभाध्यक्षमा टुँडालदेवीमा शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न


ग्लोबल पाना
शनिबार, माघ ५ २०८१
  • 317
    SHARES

  • images
    न्यौपानेको सभाध्यक्षमा टुँडालदेवीमा शान्ति सुरक्षा सम्बन्धी नागरिक प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    काठमाण्डौ । २०८१ साल माघ ५ गते शनिबार, सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवी र प्रहरी वृत्त मालीगाउँ तथा प्रहरी वृत्त महाराजगञ्जको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

    images
    images
    images

    कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। कार्यक्रमको शुभारम्भमा प्रहरी वृत्त मालीगाउँका प्रमुख प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले स्वागत मन्तव्य राख्दै, अपराध न्यूनीकरण र प्रहरीको कार्यसम्पादन सुधारका लागि समुदायसँगको समन्वय अत्यावश्यक रहेको बताए। उनले समुदायबाट प्राप्त सूचनालाई प्राथमिकताका साथ कार्यान्वयन गरेर समाजमा शान्ति सुरक्षा मजबुत बनाउने प्रयास भइरहेको जानकारी गराए।

    कार्यक्रमका प्रमुख अतिथि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले विद्यालय तहमा नैतिक शिक्षा समावेश गर्नुपर्ने र लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना कार्यक्रम अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। उनले समुदाय र प्रहरी बीचको समन्वयमा अपराध न्यूनिकरणमा महत्वपूर्ण उपलब्धी हासिल हुदै आएको बताए ।

    प्रहरी परिसर काठमाडौंका प्रमुख बसन्त रजौरेले अपराध नियन्त्रणका लागि प्रहरीले विभिन्न रणनीतिहरू अवलम्बन गरिरहेको जानकारी गराउँदै सामुदायिक सहभागिता थप प्रभावकारी हुनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष राम प्रसाद न्यौपानेले प्रहरी र समुदायबीचको सहकार्यले मात्र अपराधिक घटनाहरूलाई न्यून गर्न सकिने बताउँदै, यस्तो कार्यक्रमले शान्ति सुरक्षा स्थापनामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे। काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष दिनेश महर्जनले प्रहरी र वडाबीचको समन्वयले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गरे।

    उपस्थित महानुभावहरूले शान्ति सुरक्षा, सडक सुरक्षा, लागुऔषध दुर्व्यसन नियन्त्रणजस्ता विषयमा आफ्ना जिज्ञासा र गुनासाहरू राखे। कार्यक्रममा कार्यक्रममा संविधान सभा सदस्य रमा गुरागाई, नेपाल सरकारका पूर्व सचिव श्याम प्रसाद मैनाली, पूर्व प्रहरी महानिरीक्षक धीरज प्रताप सिंह, पूर्व प्रअमनि अमर सिंह शाह, र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीजस्ता विशिष्ट व्यक्तिहरू सहभागी थिए।

    बैष्णवी टुँडालदेवी माताको प्राङ्गणमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीय क्लब, टोल सुधार समिति, उपभोक्ता समिति, र महिला समूहका प्रमुख तथा प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रमले प्रहरी, समुदाय, र सरोकारवालाहरूबीच समन्वयात्मक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ