Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा


ग्लोबल पाना
शनिबार, माघ ५ २०८१
  • 335
    SHARES

  • images
    चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा

    काठमाडौ । नयाँ कथा र आकर्षक नाम बोकेर पेपरक्लिप प्रालिले चलचित्र ‘जनै हराएको बाहुन’ निर्माण गर्ने घोषणा गरेको छ। यसको निर्देशकको जिम्मेवारी हिमाल न्यौपानेले सम्हाल्ने भएका छन्। यो चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ।

    images
    images
    images

    निर्माण कम्पनीका बिमल न्यौपानेका अनुसार यो चलचित्रले दर्शकलाई एक अनौठो र रोमाञ्चक यात्रामा लैजानेछ। लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका निर्देशक हिमाल न्यौपानेले यो चलचित्र आफ्नो लागि सपना पूरा गर्ने अवसर भएको बताए। उनले यसअघि केही वृत्तचित्र र लघु चलचित्र निर्देशन गरिसकेका छन्। ‘जनै हराएको बाहुन’ भने उनको पहिलो व्यावसायिक चलचित्र हो।

    चलचित्रका लागि कलाकार र अन्य प्राविधिक टोलीको बारेमा केही दिनभित्रै सार्वजनिक गरिने बताइएको छ। यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ