Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्छ: प्रवक्ता डा. महत


ग्लोबल पाना
आइतबार, माघ ६ २०८१
  • 188
    SHARES

  • images
    कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्छ: प्रवक्ता डा. महत

    दिल्ली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नु पर्ने बताएका छन् । आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, बिपि विचार र प्रवासी समस्या विषयक अन्तर्क्रिया,प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले पार्टीमा व्यक्तिवादी सोच र आफु केन्द्रीत प्रवृत्ति हावि हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नु पर्ने जिकिर गरे । प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने 'भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका विचमा समस्याहरु आउनु स्वभाविक हो, ती समस्याहरुको समाधान कुटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नु पर्छ।’

    कार्यक्रममा बाेल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले कांग्रेस गठबन्धन बनेको बताएका छन् । सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नु पर्ने कुरामा जाेड दिदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा पनि बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ