Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह


ग्लोबल पाना
बिहीबार , माघ १० २०८१
  • 208
    SHARES

  • images
    समाजलाई अगाडि बढाउन संस्कृतिको महत्त्वपूर्ण भूमिका रहन्छ : उपप्रधानमन्त्री सिंह

    धादिङ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले समाजलाई अघि बढाउनका लागि संस्कृतिको महत्त्वपूर्ण भूमिका हुने बताएका छन्। बिहीबार धादिङ लोकसांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

    images
    images
    images

    ‘हाम्रो समाजलाई अघि बढाउन संस्कृतिले धेरै ठूलो भूमिका निर्वाह गरिरहेको हुन्छ,’ सिंहले भने, ‘त्यसैले आफ्नो पहिचानलाई बचाइराख्न पनि हामीले सांस्कृतिक महोत्सव मनाइरहनुपर्छ।’

    उनले भाषा, संस्कृति बिर्सिए पहिचान मेटिने भन्दै आफ्नो संस्कृति, भेषभूषा, कला, संस्कृतिलाई जिवन्त राख्नुपर्नेमा जोड दिए। लोकतान्त्रिक व्यवस्था आइसकेपछि सबैले आफ्नो कला, धर्म, संस्कृति जगेर्ना गर्न राम्रो वातावरण बनेको उनले बताए।

    लोक संस्कृति जगेर्ना गर्ने उद्देश्यले महोत्सव आयोजना गरेकोमा उनले प्रशंसा गरे। त्यस्तै उपप्रधानमन्त्री सिंहले धादिङको पूर्वाधार विकासमा संघ, प्रदेश र स्थानीय तीनै तहको सरकारले मिलेर काम गर्ने बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ