Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

अण्डा व्यवसायमा २६ वर्ष: शम्भु पाण्डेको प्रेरणादायक यात्रा


ग्लोबल पाना
शुक्रबार, माघ ११ २०८१
  • 315
    SHARES

  • images
    अण्डा व्यवसायमा २६ वर्ष: शम्भु पाण्डेको प्रेरणादायक यात्रा

    काठमाडौं । काठमाडौंको नक्सालमा व्यवसाय गर्ने शम्भु पाण्डेले अण्डा व्यवसायमा आफ्नो २६ वर्ष लामो अनुभवलाई सफलतामा बदल्दै सबैका लागि प्रेरणादायक उदाहरण प्रस्तुत गरेका छन्। उनले नेपाली बजारमा गुणस्तरीय अण्डा आपूर्ति गर्दै उपभोक्ताको विश्वास जित्न सफल भएका छन्।

    images
    images
    images

    पाण्डेले व्यवसाय सुरु गर्दा धेरै चुनौतीको सामना गर्नुपरे पनि आफ्नो इमानदारिता, मेहनत र दूरदृष्टिले उनले यस क्षेत्रलाई व्यवस्थित मात्र बनाएनन्, व्यवसायलाई पनि विस्तार गर्न सके। उनको अण्डा व्यवसायले नक्साल र वरपरका क्षेत्रलाई मात्र नभई, काठमाडौँ उपत्यकाका विभिन्न ठाउँहरूमा अण्डाको नियमित र गुणस्तरीय आपूर्ति गरिरहेको छ। सम्भु पाण्डेले भने, "व्यवसायमा निरन्तरता, इमानदारी र उपभोक्ताको आवश्यकता बुझ्न सके सफल भइन्छ।"

    सफल व्यवसायीको रूपमा परिचित पाण्डेले स्थानीय कृषकहरूलाई समेत सहयोग गर्दै रोजगारी सिर्जना गरेका छन्। उनको योगदानले नेपाली अण्डा व्यवसायलाई थप व्यावसायिक र गुणस्तरीय बनाउन सहयोग पुर्‍याएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ