Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

"साँगे दर्पण" का लागि सान्दर्भिक लेखहरु उपलब्ध गराउन आग्रह


ग्लोबल पाना
शुक्रबार, माघ ११ २०८१
  • 339
    SHARES

  • images
    "साँगे दर्पण" का लागि सान्दर्भिक लेखहरु उपलब्ध गराउन आग्रह

    काठमाण्डौं । साँगे दर्पण प्रकाशन समितिले स्मारिकाका लागि सान्दर्भिक लेखहरु उपलब्ध गराउन आग्रह गरेको छ । प्रकाशन समिति संयोजक सुरेन्द्र वाग्लेको अध्यक्षतामा सरोकारवालाहरुसहित प्रकाशन समितिका सदस्यहरुको उपस्थितिमा माघ १० गते बसेको बैठकले उक्त निर्णय लिएको हो ।

    images
    images
    images

    बैठकमा वाग्लेसहित प्रकाशन समिति सदस्यहरु हरिराज वाग्ले, बाला शर्मा पण्डित, बाल दिवस पण्डित, सम्पादक सरोज ओझा र साँगे काठमाडौं सम्पर्क समाजका सचिव विकास भण्डारीको उपस्थिति थियो । साँगे सभ्यता संरक्षण र विकास अभियान अन्तर्गत साँगे काठमाडौं सम्पर्क समाजको अगुवाईमा तनहुँको साँगे क्षेत्रको विगतदेखि वर्तमानसम्मको समग्र पहिचान समेटेर “साँगे दर्पण २०८२” नामक स्मारिका प्रकाशन गर्ने लक्ष्यसहित अगाडि बढिएको साँगे दर्पण प्रकाशन समितिका संयोजक वाग्लेले जानकारी दिए ।

    संयोजक वाग्लेका अनुसार हालसम्म संकलित लेखहरु सम्पादनको चरणमा छन् भने साँगेको सभ्यता र विकाससँग सरोकारित बिशेष महत्वका विषयमा लेख लेख्न ईच्छुक महानुभावले आफुले लेख्न चाहेको विषय बारे जानकारी गराएर वा शिर्षक छनौटका लागि प्रकाशन समितिलाई पठाउन सक्नेछन् । माघ महिना भित्रमा लेख उपलब्ध गराईसक्नुपर्ने प्रावधान राखिएको पनि उनले जानकारी गराएका छन् ।

    'साँगे दर्पण' साँगे काठमाडौं सम्पर्क समाजको अगुवाईमा प्रकाशन हुन लागेता पनि यो सिंगो साँगे खोलाको प्रभाव क्षेत्र अर्थात शिरभागदेखी पाउसम्मको क्षेत्र र सेरोफेरोमा हाल बसोबास गर्नुहुने तथा साँगे क्षेत्रबाट काम, अध्ययन वा विविध कारणले देशका अन्यत्र भाग र विदेशमा बसोबास गर्दै आउनुहुने सबै तह र तप्का, जातजाति, भाषाभाषीको साझा सरोकारको विषय रहेको ठम्याई समितिको छ' वाग्लेले भने । प्रकाशनले साँगे सभ्यता र विकाससँग जोडिएका सबै पक्षको पहिचान एवं ऐतिहासिक महत्व तथा भावी संभावना समेतलाई उजागर गर्ने उदेश्य बोकेको वाग्लेले बताए ।

    'यस प्रकाशन साँगे सभ्यतासँग स्वत: जोडिएर आउने समग्र पक्षको अवस्थालाई चित्रण गर्दै दस्तावेजीकरण गर्ने पहिलो प्रयास हो । जसमा साँगे जन्मभूमि भएका लेखकहरुका लेखहरु मात्र समावेश हुने र विषयवस्तुहरु सबै साँगे क्षेत्रको मात्र रहने छ' वाग्ले थप जानकारी दिदै भने । पहिले साँगे क्षेत्रको आर्थिक‚ सामाजिक‚ प्रशासनिक एवं राजनितिक अवस्था कस्तो थियो र हालको वस्तुस्थिति के कस्तो छ भन्ने विषय केलाउने जमर्को यस प्रकाशनमार्फत गर्न लागिएको जनाईएको छ ।

    सरोकारवालाहरुलाई सान्दर्भिक लेखहरु माघ मसान्त भित्र पठाईसक्न आग्रह गर्ने उक्त निर्णयसहित बैठकले आर्थिक संकलनको अभिभारासमेत संयोजक वाग्लेकै नेतृत्वमा अगि बढाउने निर्णय लिएको साँगे काठमाडौं सम्पर्क समाजका सचिव विकास भण्डारीले जानकारी दिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ