Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

‘हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’


ग्लोबल पाना
आइतबार, माघ १३ २०८१
  • 285
    SHARES

  • images
    ‘हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक दलका नेताहरु सामाजिक रुपान्तरणमा असफल हुँदा हुलाक सेवा परिर्वतन नभएको बताएका छन् । आइतबार काठमाडौंम आयोजित हुलाक सेवाको पुनर्सरचना अनुसार ‘एक स्थानीय तह एक हुलाक कार्यालय’स्थापना घोषणा कार्यक्रममा बोल्दै उनले नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष पूरा हुँदा पनि हुलाक सेवा परिवर्तन नभएको भन्दै क्रान्ति गर्ने कुरामा राजनीतिक दलका नेताहरु सफल भए पनि सामाजिक रुपान्तरण गर्ने कुरामा असफल भएको बताएका हुन् ।

    images
    images
    images

    उनले भने,‘सैद्धान्तिक कुरा गर्नुपर्दा नेपालमा राजनीतिक परिवर्तन भएको ३४ वर्ष भयो । तर ३४ वर्षसम्म पनि किन परिवर्तन नभएकोे हुलाक सेवा त्यसको एउटा रहस्य छ । क्रान्ति गर्ने कुरामा त राजनीतिक दलका नेताहरु सफल भए तर रुपान्तरण गर्ने कुरामा असफल छन् । सामाजिक रुपान्तरण गर्ने कुरामा ध्यान दिइएन ।

    हाम्रो क्रान्तिको चरित्र बुझेन भन्छु म त ।’ उनले पुराना नीति र ऐनहरुको कारण वर्तमानका काम कारबाहीहरु प्रभावकारी हुन नसकेको भन्दै एक वर्षभित्र सबै पुराना ऐन र नीतिहरु परिवर्तन गर्ने जानकारी दिए । उनले भने,‘यो वर्षभित्र सबै पुराना नीतिहरुलाई परिवर्तन गर्ने,पुराना ऐनहरुलाई र नियमहरुलाई परिवर्तन गर्ने काम गरेर नयाँ व्यवस्था लोकतान्त्रि गणतन्त्रले जे भनेको छ वा संविधानले जे भनेको छ त्यही अनुसार काम गर्नेछौं ।’

    पहिलो पटक देशको समस्या कहाँ छ भन्ने कुराको पत्ता लगाएर सेवा दिने ठाउँमा पुगेको उनको भनाई छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ