Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

लमजुङको सुन्दरबजारमा १०औं महोत्सव सुरु


ग्लोबल पाना
आइतबार, माघ १३ २०८१
  • 366
    SHARES

  • images
    लमजुङको सुन्दरबजारमा १०औं महोत्सव सुरु

    लमजुङ । लमजुङ जिल्लाको सुन्दरबजारस्थित लमजुङ उद्योग वाणिज्य संघ ईकाईद्वारा आयोजित १०औं महोत्सव माघ ११ गतेबाट सुरु भएको छ। “स्थानिय उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको आधार, सांस्कृतिक एकता सहितको समृद्ध सुन्दरबजार” नाराका साथ सुरु भएको यस महोत्सवले स्थानीय उत्पादन, व्यापार, र पर्यटन प्रवर्द्धन गर्दै क्षेत्रीय विकासमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

    images
    images
    images

    महोत्सवको उद्घाटन कार्यक्रममा इकाईका अध्यक्ष आनन्दराज श्रेष्ठको अध्यक्षता रहेको छ भने प्रमुख अतिथिका रूपमा नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय पृथ्वीसुब्बा गुरूङ सहभागी हुनुहुन्छ। साथै, संविधान सभा सदस्य माननीय जमिन्द्रमान घले, निर्वाचन आयोग सदस्य माननीय डा. जानकी तुलाधार पाण्डे, र गण्डकी प्रदेशका माननीय सांसदहरू विशेष अतिथिका रूपमा उपस्थित छन्। समारोहको सहजीकरण इकाईका कोषाध्यक्ष सुरेन्द्र घिमिरेले गर्नुभएको छ।

    यस महोत्सवमा विभिन्न राजनीतिक दलका नेता, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, र स्थानीय समुदायका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ। महोत्सवमा स्थानीय उत्पादन, कृषि, तथा हस्तकलाका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन्। सांस्कृतिक झाँकी र स्थानीय कलाकारहरूको प्रस्तुति पनि महोत्सवका मुख्य आकर्षण हुन्।

    महोत्सवले स्थानीय स्रोत साधनको सदुपयोग गरी आर्थिक, सामाजिक, र सांस्कृतिक विकासको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ। आयोजकका अनुसार महोत्सवले स्थानीय उद्योग र व्यापारलाई नयाँ उचाइमा पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। कार्यक्रमले समृद्ध सुन्दरबजार निर्माणको दिशा तय गर्ने विश्वास गरिएको छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ