Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड


ग्लोबल पाना
सोमबार, माघ १४ २०८१
  • 169
    SHARES

  • images
    भूकम्प प्रतिरोधी संरचना बनाउनुपर्नेमा उपप्रधानमन्त्री सिंहको जोड

    काठमाडौं। उपप्रधान एवं सहरीविकासमन्त्री प्रकाशमान सिंहले भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका छन्। २७ औं भूकम्प सुरक्षा दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सिंहले राष्ट्रिय भवन संहीताको पूर्ण परिपालना गर्दै भूकम्पबाट हुने क्षति कम गर्न संरचनाहरु भूकम्प प्रतिरोधी बनाउनुपर्नेमा जोड दिएका हुन्।

    images
    images
    images

    भूकम्पीय जोखिम न्यूनीकरणमा ध्यान दिन नसक्दा र भूकम्प प्रतिरोधी थेग्न नसकेरै भौतिक संरचनाहरु बिनास भएका कारण अथाह जनधनको क्षति हुने गरेको उनले बताए। उनले प्राकृतिक प्रकोपबाट हुने जोखिमलाई ध्यान दिँदै संवेदनशील भूउपयोगको योजनाको कार्यान्वयनमा सबैको हातेमालो जरुरी रहेको उल्लेख गरे।

    त्यस्तै सिंहले विपद्का घटनाहरुबाट सुरक्षित हुन आवश्यकता अनुसार पूर्वतयारी तथा खोज उद्धार अवस्थामा सुधार गर्नुपर्ने बताए। उनले कानूनको प्रभावकारी कायान्वयनका साथै नयाँ योजना तर्जुमा गरेर बस्तीहरुलाई सुरक्षित राख्नुपर्ने जनाए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ