Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौं : अध्यक्ष प्रचण्ड


ग्लोबल पाना
सोमबार, माघ १४ २०८१
  • 252
    SHARES

  • images
    आफ्नै देशमा पौरख गर्ने दृष्टिकोण निर्माण गरौं : अध्यक्ष प्रचण्ड

    तेह्रथुम । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युवा जनशक्तिमा विदेस पलायन हुने कुरामा अवसरभन्दा पनि दृष्टिकोण मुख्य कारण भएको बताउनुभएको छ । तेह्रथुम जिल्लाको लसुनेमा धनरूप स्मृति पार्कको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशभक्तिको भावना कमि, माटोको माया नगर्ने प्रवृतिका कारण विदेस जाने प्रवृति बढ्दै भएको बताउनुभएको हो ।

    images
    images
    images

    उहाँले भन्नुभयो -'मलाई कता कता आज भोलि देशभक्तिको भावना कमि हुँदै गएको होकि ?, आफ्नो माटोप्रतिको प्रेम कमजोर हुँदै गएको होकी ? भन्ने चिन्ता लागेको छ ।म आम समुदायलाई अपिल गर्न चाहान्छु। हामी हाम्रा छोराछोरीहरुलाई , हाम्रा सन्ततिहरुलाई देशको माया, माटोको माया हाम्रो प्रकृतिले दिएका साधन स्रोतको सदुपयोग गरेर हामी आफै धनि , आफै आत्मनिर्भ बन्नेबाटो तर्फ प्रेरित गरौं । विदेस पठाउन हतार नगरौं ।' अध्यक्ष प्रचण्डले थप्दै भन्नुभयो-' विदेसमा पनि टुंग्गो छैन । काहाँ के हुने हो ।

    अहिले अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि एउटै आदेशले हजारौ प्रवासीलाई विस्तापित गरिदै छ । कतिबेला हजारौ नेपालीहरु फर्केर नेपाल आउँनुपर्ने हो टुंग्गो छैन । त्यसैगरी, मध्यपूर्वमा पनि कति बेला ठुलो लडाई भएर नेपालीहरु फर्किन पर्ने हो टुंग्गो छैन । हामीले आफ्नै देशको माटोमा पौरख गरौं। स्रोत र साधनको सदुपयोग गरेर देशमै भविष्य खोज्ने वतावरण तयार गरौं ।' देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, नागरिकको मिहनेत र पराक्रमका दृष्टिले अब्बल रहेको र क्षमता र साहसकोको दृष्टिकोणले उत्कृष्ट नागरिक नेपाली हुन भन्ने स्थापित भएका कारण नेपालीहरुले यहीका सम्भावनालाई अवसरमा बदल्नुपर्ने उहाँको भनाई थियो ।

    अध्यक्ष प्रचण्डले भन्नुभयो -'हाम्रो देश साधन स्रोत विहिन देश होइन, हाम्रो देश साधान स्रोतले सम्पन्न देश हो ।हाम्रो देश प्राकृतिक साधन स्रोत जनशक्तिको दृष्टिकोणले, मिहनेत र पराक्रमका दृष्टिले सबल र क्षमता र साहसकोको दृष्टिकोणले अब्बल मानिस हौं । हामी नेपाली । त्यसमा पनि कोशी प्रदेश देशको अन्य क्षेत्र भन्दा आर्थिक, र उत्पादक शक्तिको अलिक राम्रो विकास भएको ठाउँ हो ।

    यहाँ राजनीतिका चेतना र पहिचानको निम्ति, आत्म सम्मानको निम्ति पटकपटक संर्घष भएको ठाउँ हो र अहिले पनि यस क्षेत्रका जनताले संविधानलाई उत्पिडित जाति क्षेत्र, धर्म लिङ्गका समुदायको हक अधिकार र पहिचानलाई संविधानमा अझ राम्रोसँग स्थापित गर्न पर्यो ।आवाज उठाउने क्षेत्रको हो ।हामीले कोशिस गरेका छौं । संविधानमै भएको राम्रा व्यवस्था समेत कार्यान्वयन भएको छैन । यहाँ उठिराखेको आवाजले संविधानमा सकारात्मक संसोधन गर्न मदत गर्नेछ ।

    यो देश यो क्षेत्र सबै हिसाबले प्राकृतिक स्रोत र साधन, जनशक्तिले यहाँ उत्पादन हुने उत्तिस ,अमलिसो अलैचि अदुवा उत्पादन हुन्छ । हावापानी पनि राम्रो यही मिहनेत गर्यो भने विदेसमा भन्दा पनि राम्रो कमाउन सक्छौं । देशमा भौतिक पूर्वाधारको पनि विकास र सहजता हुँदै गएको छ । तर युवाहरुलाई हामीले किन देशमै राख्न सकेका छैनौं भने देशमा टेक्नोलोजीको विकास मार्फत उत्पादनमा गुणात्मक वृद्धि गर्न सकियोस् भने अर्को दृष्टिकोणको कुरा हो हामी प्रति देश र माटो प्रतिको माया भए दुःख गरेर भएपनि देशमै बसेर माटोमै रहेका आफै आत्मनिर्भर हुने काम गर्छ ।'

    अध्यक्ष प्रचण्डले आफु भ्रष्टाचारकाविरुद्ध सुशासनको पक्षमा, सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा र आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै देशको पूर्वदेखि पश्चिसम्म विभिन्न कार्यक्रममा सहभागी भैरहेको जानकारी दिनुभयो उहाँले भन्नुभयो -'तपाईहरुले देख्नुभएको छ अहिले म पूर्वदेखि पश्चिमसम्म देशका विभिन्न कार्यक्रम तथा समारोहहरुमा सहभागी भैराखेको छु ।देशभर एउटा नयाँ विश्लेषण, नयाँ व्यख्या सुशासनको पक्षमा, भ्रष्टाचारकाविरुद्ध सामाजिक विभेदका विरुद्ध, सामाजिक न्यायका पक्षमा आर्थिक पछौटेपनका विरुद्ध आर्थिक समृद्धिका पक्षमा अपिल गर्दै हिडेको छु ।

    मैले आज यहाँ तेह्रथुमा सहिदको स्मृतिमा पार्क र हलको उद्घाटन गरे । यो कार्यक्रममा सबै दलका नेता कार्यकता आएर सहिदहरु सबैका साझा हुन भन्ने स्थापित गर्नुभयो । यो कार्यक्रम देशभर एउटा सकारात्मक सन्देश गएको छ । म यस कार्यक्रम मार्फत एउटा सन्देश दिन तपाईहरु माझ उभिएको छु ।'

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ