क्यालिफोर्निया । नेपाली राजदूतावास, वाशिंगटन डि.सी.ले जनवरी २२ देखि २९, २०२५ सम्म सान फ्रान्सिस्को, क्यालिफोर्नियामा राहदानी कन्सुलर सेवा शिविर आयोजना गरेको छ । कार्यक्रम गैरआवासीय नेपाली संघ (NRNA) क्यालिफोर्निया च्याप्टर र NANC(नान्स) को विशेष पहलमा सञ्चालन गरिएको हो ।
कार्यक्रमलाई सफल बनाउन NRNA क्यालिफोर्निया च्याप्टरका सल्लाहकार केपि ढकालले महत्त्वपूर्ण भूमिका खेलेका छन् । उनको नेतृत्व र व्यवस्थापनले कार्यक्रमलाई थप व्यवस्थित र प्रभावकारी बनाएको छ । साथै, ढकालले जनवरी २२ देखि आजसम्म करिब १,१०० भन्दा बढी सेवाग्राहीले सेवा लिएको जानकारी दिएका छन् । जनवरी २९ सम्ममा १७,०० भन्दा बढी सेवाग्राहीले सेवा लिन सक्ने अनुमान गरिएको ढकालले बताए ।
राजदूतावासका कर्मचारीहरू १५, १६ घण्टा दैनिक खटिएर सेवाग्राहीहरुलाइ सेवा प्रदान गरिरहेका छन् । राहदानी नवीकरण, नयाँ राहदानी आवेदन, नागरिकता प्रमाणपत्र, र कन्सुलर सेवाहरू सहज रूपमा उपलब्ध गराइँदैछ ।
शिविरले लामो दूरीका कारण सेवामा कठिनाइ झेलिरहेका नेपाली समुदायलाई ठूलो राहत प्रदान गरेको छ। शिविरमा नेपाली समुदायको उत्साहजनक सहभागिता देखिएको छ ।
सहभागीहरूले यस्तो सेवा आयोजनाले नेपाली नागरिकहरूको समस्या समाधानमा महत्त्वपूर्ण योगदान दिएको प्रतिक्रिया दिएका छन् ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


