Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल प्रहरीका वरिष्ठ सईको तलब र ग्रेड वृद्धि हुने


ग्लोबल पाना
मंगलबार, माघ १५ २०८१
  • 362
    SHARES

  • images
    नेपाल प्रहरीका वरिष्ठ सईको तलब र ग्रेड वृद्धि हुने

    काठमाडौं। नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षकहरूको तलब वृद्धि र ग्रेड वृद्धि हुने भएको छ। सरकारले एक तह बढुवा भएका वरिष्ठ सईको तलब वृद्धि र ग्रेड वृद्धिको केही दिनमै यसको निर्णय गर्ने भएको हो। अर्थ मन्त्रालयले वरिष्ठ सइको ग्रेड थप र तलब समायोजनका लागि सहमति दिएपछि सरकारलाई समायोजन गर्न सहज भएको हो। सर्वोच्च अदालतले समेत परमादेश दिएपछि सरकारले यो समस्या समाधानमा पहल थालेको हो।

    images
    images
    images

    गृह मन्त्रालयका अनुसार केही दिनमा मन्त्रिपरिषदमा लगेर यससम्बन्धी निर्णय हुनेछ। त्यससँगै वरिष्ठ सइले पाँच ग्रेडसम्म पाउने भएकाले तलबसम्बन्धी समस्या समाधान हुनेछ। वरिष्ठ सइमा बढुवा भएका प्रहरी अधिकारीले सइमा भन्दा मासिक २६५ रुपैयाँ कम तलब बुझ्दै आएका छन्।

    गत ९ माघमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले गृहको प्रस्तावमा सहमति दिएका हुन्। अर्थको सहमति गृह मन्त्रालयमा पुगिसकेको छ। यस सहमतिसँगै थप बजेट निकासाका लागि बाटो खुलेको छ।

    ०७९ को भदौमा सरकारले प्रहरीमा वरिष्ठ पदको सिर्जना गरे पनि तलब समायोजन गर्न नसक्दा वरिष्ठ सइहरूमाथि अन्याय हुँदै आएको थियो। नेपाल प्रहरीमा वरिष्ठ सइको एक हजार ४१८ दरबन्दी छ।

    सर्वोच्च अदालतले गत १६ साउनमा उनीहरूको ग्रेड थप गरी तलब समायोजनका लागि परमादेश दिएको थियो। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सारंगा सुवेदीको इजलासले दिएको परमादेश लामो समयसम्म कार्यान्वयन भएको थिएन।

    एक तह बढुवा हुँदा पनि खाइपाई आएभन्दा कम तलब बुझ्दै आएका वरिष्ठ सइको तलब वृद्धि गर्न सर्वोच्च अदालतले परमादेश दिएको थियो।

    तह र फुली बढ्दा तलब घटेर अन्याय भएको भन्दै वरिष्ठ सइहरूले सर्वोच्चमा रिट दायर गरेका थिए। वरिष्ठ सई विनय चन्दसहितका १४ वरिष्ठ सईहरुले १६ पुस २०८० मा र उनीहरूले नै १३ असार २०८१ मा दायर गरेका दुई वटा छुट्टा–छुट्टै रिटमा सर्वोच्चले परमादेश र अन्तरिम आदेश जारी गरेको हो। जसमा उनीहरूको माग बमोजिम हुने उल्लेख गरिएको छ।

    प्रहरीको तल्लो तहमा वर्षौंसम्म बढुवा नभएको भन्दै प्रहरी नियमावली संशोधन गरेर वरिष्ठ सई, वरिष्ठ हबल्दार र सहायक हबल्दार पद सिर्जना गरिएको थियो। दुई वर्षअघि २०७९ मा मात्रै १ हजार १७१ वरिष्ठ सईको दरबन्दीमा सिनियर सईहरू बढुवा भएका थिए । तर वरिष्ठ सईमा बढुवा भएपछि उनीहरूले २६२ रुपैयाँ कम अर्थात् ४३ हजार ७३२ रुपैयाँ बुझ्दै आएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ