Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

नमस्ते ट्राभल एन्ड टुरिजम युएईका प्रबन्ध निर्देशक अर्याल सम्मानित


ग्लोबल पाना
बुधबार, माघ १६ २०८१
  • 381
    SHARES

  • images
    नमस्ते ट्राभल एन्ड टुरिजम  युएईका प्रबन्ध निर्देशक अर्याल  सम्मानित

    युएई । नमस्ते ट्राभल एन्ड टुरिजम एल.एल.सी. युएईका प्रबन्ध निर्देशक तथा पर्यटन उद्यमी समाजसेवी नानुकाजी अर्याल सम्मानित भएका छन् । शैली मिडिया नेटवर्क प्रालिले आइतबार यूएईको दुबई स्थित हिल्टन अल सीफको विलासी क्यानोपीमा आयोजित भब्य कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय पर्यटन व्यवसायी सम्मानबाट प्रमुख अतिथि युएईका प्रतिष्ठित अफिसर वालिद अल हसन नेपाली समाज युएईका अध्यक्ष राम बहादुर मोक्तान एनआरएन दुबईका अध्यक्ष विकास शाहीले अर्याललाई सम्मान गरेका हुन् ।

    images
    images
    images

    धादिङमा जन्मिएर युएईलाई आफ्नो कर्मभूमि बनाएका अर्याल झन्डै २ दशक भन्दा देखि विदेशमा रहेर पनि समुन्नत नेपाल निर्माणको लागि विभिन्न क्षेत्रमा सक्रिय रहेका छन्। नेपालीहरुका समस्यामा हरदम साथ दिदै आएका अर्याल देशको इज्जत एबं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक,आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने लगाएत मानवीय कार्यमा सक्रिय रहदै आएका छन ।

    उक्त अवसरमा शैली मिडिया नेटवर्कका अध्यक्ष राम चन्द्र पोखरेलले एसिया नेपाल इन्टरनेशनल अवार्ड २०२५ ले समृद्ध सांस्कृतिक सम्पदा र विश्वभरका नेपाली व्यवसायी र संस्थाहरूको योगदानको सम्झनाको रूपमा काम गरेको बताए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ