काठमाडौं । उपभोक्तालाई स्वच्छ र गुणस्तरयुक्त तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी बल्खु कृषि तथा तरकारी बजारमा जीवनाशक विषादी अवशेष परीक्षण गरेको छ। विभागको स्यापिड रेस्पोन्स टिमले RBPR विधि प्रयोग गरी गोलभेँडा, फूलगोभी, फर्सी, रायो साग, च्याउ, मटरकोसा, भन्टा, गाजर, हरियो सिमी, केरा, हरियो र कालो अंगूर गरी १२ प्रकारका तरकारी तथा फलफूलका २० वटा नमूना परीक्षण गरेको थियो।
परीक्षणमा ९ प्रतिशतदेखि २६ प्रतिशतसम्म इन्जाइम इनहिबिशन पाइएको छ। च्द्यएच् मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम इन्जाइम इनहिबिशन भएमा खाद्य सामग्री खानयोग्य मानिन्छ, ३५–४५ प्रतिशत भएमा क्वारेन्टाइन होल्ड गरी पुनः परीक्षण गरिन्छ, भने ४५ प्रतिशतभन्दा बढी भएमा नष्ट गरिन्छ। परीक्षण गरिएका सबै तरकारी तथा फलफूल स्वास्थ्यका लागि सुरक्षित रहेको पुष्टि भएको छ।
यस परीक्षणमा सहभागी भएका तरकारी तथा फलफूल भक्तपुर, धादिङ, चितवन, सर्लाही, काठमाडौं, ललितपुर, रामेछाप लगायत ७ जिल्लाबाट ल्याइएको थियो। साथै, फर्सी, केरा तथा अंगूर भारतबाट आयात गरिएको थियो। स्थलगत परीक्षणका क्रममा व्यवसायीहरूले आफ्ना स्टलका उत्पादनहरू परीक्षण गराउन सक्रिय रूपमा सहयोग गरेका थिए। विभागले आगामी दिनमा पनि मोबाइल फुड ल्याब भ्यान प्रयोग गरी विषादी अवशेष परीक्षणलाई नियमित रूपमा सञ्चालन गर्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता मोहन कृष्ण महर्जनले जनाए ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


