Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

१२ वर्षपछि सिन्धुपाल्चोकको नयाँपानीमा सुख्खा याममा पानी बग्न थाल्यो


ग्लोबल पाना
बिहीबार , माघ १७ २०८१
  • 309
    SHARES

  • images
    १२ वर्षपछि सिन्धुपाल्चोकको नयाँपानीमा सुख्खा याममा पानी बग्न थाल्यो

    काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ५ सिपा धुसिनी स्थित नयाँपानी धाममा आज माघ १६ गते पानी पलाएको छ । परापुर्व कालदेखिनै हरेक १२ वर्षको अन्तरालमा हिउँदको समयमा पानीको मुल पलाएर वर्षायाममा सुक्ने र त्यसको १२ वर्षपछि हिउँदे याममा पानीको मुल पलाउने यहाँको अद्भुत बिशेषता रहेको छ ।

    images
    images
    images

    हरेक १२ वर्षको हिउँदमा पानी पलाउने ईन्द्रावती गाउँपालिका वडा नं ५ सिन्धुपाल्चोकमा रहेको नयाँपानीमा मंगलबारबाट पानी पलाउन सुरु भएको नयाँपानी क्षेत्र संरक्षण समितिका अध्यक्ष माननाथ नेपालले जानकारी दिए । अघिल्लो वर्ष नै पलाउनु पर्ने पानी नपलाएपछी जान अन्जान केही भुल भयो कि भनेर दुई बर्ष अघि नयाँपानी क्षेत्र संरक्षण समितिको पहलमा क्षमापुजा तथा विभिन्न धार्मिक अनुष्ठान कार्यक्रम गरिएको थियो ।

    यस वर्ष माघ महिनामा पानी पलाएको र यो अनौठो दृष्टान्तले दैवी चामत्कारिक शक्तिको परिकल्पनामा बल मिलेको अध्यक्ष नेपालले जानकारी दिए । नेपालका अनुसार यसअघि २०६८ सालको कार्तिक अन्ततिर पलाएको पानी २०६९ साल असारमा सुकेको थियोे । त्योबेला स्थानियले उक्त क्षेत्रको सर्वाङ्गीण विकासकालागी नयाँपानी क्षेत्र संरक्षण समिति नामको एक सामाजिक संस्था गठन गरेका थिए ।

    सोहि स्थानमा नयाँपानी धामको प्रचार प्रसार तथा यसको धार्मिक एवं साँस्कृतिक महत्वको व्यापकतालाइ सार्वजनिक गर्दै सो क्षेत्रको संरक्षणकालागि ‘नयाँपानी स्नान मकर महोत्सव – २०६८’ को आयोजना गरिएको थियो । महोत्सवकै मेसोमा आयोजित सप्ताह ज्ञान महायज्ञमा गरिएको दान तथा महोत्सवमा उपस्थित श्रद्धालु भक्तजनले चढाएको भेटीसंकलनबाट नयाँपानी धाममा एक भवन समेत निर्माण गरिएको समितिका कोषाध्यक्ष बुद्धीप्रसाद आचार्यले बताए ।

    आचार्य भन्छन् ‘प्रचलन अनुसार गत वर्षको हिउँदमा पानी पलाउनु पर्थ्यो तर पलाएन । गाउँका बासिन्दा चिन्तित बने । कसैले ७२ सालको महा भुकम्पलाई दोष दिए । कसैले ७२ सालमा पञ्चकन्याबाट गराइएको वैदिक महायज्ञलाई दोष लगाए । गत वर्ष भगवान रिसाएको हो कि ? भन्ने बुढापाका र धार्मिक गुरुहरुको सल्लाह अनुसार गाउँले सबै मिलेर क्षमापुजा समेत गरियो तर पनि पानीको अत्तोपत्तो भएन । कोहि धार्मिक अनुयायी र सन्तको शरिरमा देवी आएर नाग देवता रिसाएको भन्ने पनि सुनियो र गत नागपञ्चमीमा नाग देवता स्थापना गरेर पुजाआजा समेत गरियो ।

    त्यति गर्दागर्दै पनि पुस सम्म पनि पानीको मुल नपलाएपछि सबै बासिन्दाले आशा मारिसकेका थिए ।’ ‘तर आज सबैलाई चकित पार्दै माघ १६ गते औशीका दिन नयाँपानी धाममा नयाँपानीको मुल पलाएको छ । संयोग नै मान्नुपर्छ यसअघि पनि सो स्थानमा औशीकै दिन पानीको मुल फुटेको थियोे । आज स्थानीय बासिन्दा असाध्यै हर्षित भएका छन । कोहि भगवानको शक्ति भनेर पुलकित छन भने कोहि प्रकृतिको अद्भुत नजारालाई सलाम गरिरहेका छन ।’ उनको भनाइ थियो ।

    काठमाडौंबाट करिब ५० किमीको दुरिमा रहेको नयाँपानी धाममा एकपटक पुगेर त्यहाँको ऐतिहासिक धार्मिक पुरातत्विक तथा पर्यटकिय महत्वको बारेमा अवलोकनका साथै खोज अनुसन्धान समेत गरिदिन सोहि वडाका वडाध्यक्ष शशिनाथ आचार्यले सबैमा आव्हान गरेका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ