Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकारिताको गुणस्तरीयता खस्कियो : प्रदीप ज्ञवाली


ग्लोबल पाना
बिहीबार , माघ १७ २०८१
  • 214
    SHARES

  • images
    पत्रकारिताको गुणस्तरीयता खस्कियो : प्रदीप ज्ञवाली

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा गुणस्तरीय पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन्। बिहीबार प्रेस चौतारी ललितपुर जिल्ला समिति नेपालको छैटौं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले सूचना प्रविधिको दुरुपयोग भइरहेकाले सत्य तथ्यलाई जोगाउन आवश्यक रहेको बताएका हुन्।

    images
    images
    images

    उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ। प्रेस चौतारीले मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ। सूचना प्रविधिको दुरुपयोग असाध्यै तीव्र रफ्तारमा गइरहेको छ। सही र गलत सूचनाको बीचमा मिडिया छन्। जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ।’

    साथै उनले अहिलेको समयमा धेरै मिडियाहरु भएकाले संख्याको हिसावले मिडिया नजोगिने बताए। उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ