Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

आइटी क्षेत्रमा पछि पर्‍यौं, एआई पोलिसीमा काम गर्छौं : मन्त्री गुरुङ


ग्लोबल पाना
बिहीबार , माघ १७ २०८१
  • 315
    SHARES

  • images
    आइटी क्षेत्रमा पछि पर्‍यौं, एआई पोलिसीमा काम गर्छौं : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आइटी क्षेत्रमा नेपाल साउथ एसियामा सबैभन्दा पछाडि परेको बताएका छन्। बिहीबार नेपाल चेम्बर एक्सपो २०२५ को उदघाटन कार्यक्रममा बोल्दै उनले आइटी क्षेत्रमा नेपाल पछाडि परेको र यस वर्षभित्र आइटीमा एआई पोलिसीमा काम गरिने बताए।

    images
    images
    images

    आइटी क्षेत्रको विकासका लागि नलेज पार्क, आइटी पार्क, एआई अनुसन्धान केन्द्रको निर्माण गरिने उनले बताए।

    ‘आइटी क्षेत्रको समस्या समाधान गर्नको लागि पोलिसी प्रोग्राम, ऐन सबै बनाएपछि समस्या समाधान गर्दै आइटी क्षेत्रको संरचना कसरी विकास गर्ने भन्नेमा केन्द्रीत हुनेछौं। यसका लागि पूर्वधारको तयारी गरिरहेका छौं। नलेज पार्क, आइटी पार्कको निर्माण गर्ने साथै एआई अनुसन्धान केन्द्रको निमार्ण गर्नेछौं। यसलाई हामीले सबै प्रदेशमा विस्तार गर्ने छौं। यसको सुरुवात हामीले काठमाडौंबाट गर्छौं,’ उनले भने।

    मन्त्री गुरुङले आइटी क्षेत्रको संरचनाको अभावका कारण व्यवसायीले काम गर्न नपाएको बताए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ