Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको छ : सांसद माझी


ग्लोबल पाना
बिहीबार , माघ २४ २०८१
  • 157
    SHARES

  • images
    सरकारले जनताको अभिव्यक्ति र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको छ : सांसद माझी

    काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला माझीले सरकारले  भ्रष्टाचारीको संरक्षण गर्ने र जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याएको बताएकी छिन् ।

    images
    images
    images

    बिहीबार बसेको प्रतिनिधिसभाको बैठकको शुन्य समयमा बोल्दै उनले सरकार जनसरकारको विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्ने, जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्तन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त रहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘सरकार जनसरकारको विषय छाडेर भ्रष्टाचारीको संरक्षण गर्ने, जनताको अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्तन्त्रता कुण्ठित गर्नेगरी अध्यादेश ल्याउने र सरकार टिकाउने खेलमा मात्रै व्यस्त छ । जातिय विभेदको संरक्षण गर्ने काम सरकारले गरिरहेको छ ।’

    उनले सरकारको उपस्थिति जनताले महशुस गर्न नपाएको भन्दै अहिले देश सरकारविहिन र दिशाविहिन भइरहेको बताईन् । उनले भनिन्, ‘सरकारको उपस्थिति जनताले महशुस गर्न पाइरहेका छैनन् । अहिले देश सरकारविहिन, दिशाविहिन भइरहेको छ । राष्ट्रिय राजमार्गहरुको अवस्था अस्तव्यस्त छ । तोकिएको समयमा सडक निर्माण भइरहेको छैन् । राष्ट्रिय गौरवको आयोजनाहरु अलपत्र छ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ