Oct 13 2026 | २०८३, असोज २७गते

images
ताजा अपडेट

images
images
images
images

विपिन जोशीको शीघ्र रिहाइका लागि रिजवान आलमको सक्रियता, सभामुख घिमिरेद्वारा अरब संसदका अध्यक्षलाई पत्र


ग्लोबल पाना
शनिबार, माघ २६ २०८१
  • 1,157
    SHARES

  • images
    विपिन जोशीको शीघ्र रिहाइका लागि रिजवान आलमको सक्रियता, सभामुख घिमिरेद्वारा अरब संसदका अध्यक्षलाई पत्र

    काठमाडौं । हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि नेपाल सरकारले विभिन्न कूटनीतिक पहलहरू गरिरहेका बेला एक महत्त्वपूर्ण नाम अगाडि आएको छ – युवा व्यवसायी रिजवान आलम। नेपाल सरकारका उच्च अधिकारीहरूले विपिन जोशीको अपहरण मुद्दामा कूटनीतिक पहललाई गति दिनका लागि रिजवान आलमलाई अनुरोध गरेका थिए । रिजवान आलम अरब मुलुकहरूसँग लामो समयदेखि सम्बन्धित छन् र त्यहाँका उच्च अधिकारीहरूसँग निकट सम्बन्ध राख्छन् ।

    images
    images
    images

    जब नेपाल सरकारले विपिन जोशीलाई मुक्त गराउन अन्तर्राष्ट्रिय सहयोगको खोजी गर्यो, रिजवान आलमले आफ्नो प्रभाव प्रयोग गर्दै अरब संसदका अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई यो मुद्दामा ध्यान दिन आग्रह गरे । रिजवान आलमको पहलपछि अरब संसदका अध्यक्ष अल–यमाहीले नेपाल सरकारलाई सुझाव दिए कि यदि नेपाल सरकारले औपचारिक अनुरोध पत्र पठाए भने हमाससँग वार्ता गर्ने प्रक्रिया अझ सरल हुन सक्छ। यही सन्दर्भमा, नेपालका सभामुख देवराज घिमिरेले बिहीबार अल–यमाहीलाई आधिकारिक पत्र लेखेका छन् ।

    अब सबैको ध्यान अरब संसदका अध्यक्ष अल–यमाहीको निर्णयमा केन्द्रित छ । यदि उनको पहलले सकारात्मक दिशा लियो भने, विपिन जोशी छिट्टै मुक्त हुन सक्ने सम्भावना बलियो देखिन्छ । रिजवान आलमको सक्रियता, नेपाल सरकारको कूटनीतिक प्रयास, र अरब संसदका अध्यक्षको पहलले विपिन जोशीलाई शीघ्र रिहाइ गराउन महत्वपूर्ण भूमिका खेल्न सक्छ ।

    विपिन जोशीको स्वस्थ्य र सुरक्षित रूपमा नेपाल फर्कनु आम नेपाली नागरिकको अपेक्षा हो, र अब यो कूटनीतिक पहल सफल हुनेमा सबै आशावादी छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ