काठमाडौँ । प्रहरी नायव महानिरीक्षक एवं लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रहरी चौकी बल्कोट अर्घाखाँचीको भवन उद्घाटन गरेका छन् । शुक्रबार एक कार्यक्रमका बीच कार्कीले भवन उद्घाटन गरेका हुन् ।
नेपाल सरकारको नियमित बजेटबाट निर्मित प्रहरी भवन उद्घाटन शत्रमा प्रहरी नायव महानिरीक्षक कार्कीको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि छत्रदेव गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र डीएसपी चक्र मल्लको उपस्थिति थियो ।
भवन उद्घाटनशत्रमा भवन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्व, निर्माण व्यवसायी एवं जग्गा दान गरी सहयोग गर्ने जग्गादाताहरु र भूमिका निर्वाह गर्ने महानुभावहरुलाई कदर पत्र सहित सम्मान गरिएको थियो ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


