Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

दीपक समिरद्वारा लिखित ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचित


ग्लोबल पाना
आइतबार, माघ २७ २०८१
  • 562
    SHARES

  • images
    दीपक समिरद्वारा लिखित ‘मुना मदनको डिभोर्स पार्टी’ विमोचित

    काठमाडौं । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ शनिबार विमोचन गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पारिजात हलमा आयोजित कार्यक्रममा सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. महेन्द्र विष्ट, सदस्य फूलमान वल, साहित्यकार डा. गीता त्रिपाठी, र लेखक समिरलगायतले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरे। कथा, गीत, र गजल समेटेर पहिलोपटक पुस्तकको रूपमा ल्याइएको उल्लेख गर्दै लेखक समिरले भने, “यो मेरो पहिलो प्रयास भएकाले केही कमजोरी हुन सक्छ, तर इमान्दारिताका साथ लेखिएको संग्रह हो।”

    images
    images
    images

    समीक्षक तथा साहित्यकार डा. त्रिपाठीले “लेखकको कल्पनाशक्ति प्रेरणादायी छ, कथाहरूमा विविधता पाइन्छ” भन्दै समिरको लेखकीय यात्रा स्वागतयोग्य रहेको बताइन्। सार्वजनिक प्रसारण सेवा नेपालका अध्यक्ष डा. विष्टले “सञ्चारकर्मी समिरले लेखन यात्रासँग सन्तुलन कायम गर्दै अघि बढोस्” भन्ने शुभकामना दिए।

    सदस्य फूलमान वलले “समिर कुमार नगरकोटी शैलीका लेखक हुन्, सानो कथानकमा कथा बुन्न सक्ने खुबी राख्छन्” भन्दै उनको लेखनशैलीको प्रशंसा गरे। इन्डिगो इङ्क द्वारा प्रकाशित उक्त कथासङ्ग्रह समिरको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको हो। विमोचन कार्यक्रममा साहित्यकार, कवि, सञ्चारकर्मी, तथा पाठकहरूको उल्लेखनीय उपस्थिति थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ