Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

मुना मदनको डिभोर्स पार्टी : नेपाली साहित्यमा नयाँ प्रयोगको संकेत


ग्लोबल पाना
शुक्रबार, फागुन ९ २०८१
  • 624
    SHARES

  • images
    मुना मदनको डिभोर्स पार्टी : नेपाली साहित्यमा नयाँ प्रयोगको संकेत

    काठमाडौं । सञ्चारकर्मी दीपक समिरद्वारा लिखित कथासङ्ग्रह ‘मुना मदनको डिभोर्स पार्टी’ को हालै भएको विमोचनले नेपाली साहित्यमा नयाँ प्रयोगको संकेत गरेको छ। साहित्यकार तथा समीक्षकहरूका सकारात्मक प्रतिक्रियाले समिरको लेखकीय यात्रालाई स्वागतयोग्य बनाएको देखिन्छ ।

    images
    images
    images

    नयाँ दृष्टिकोणको खोजी समिरको कथासङ्ग्रहमाकथाहरु मध्ये एउटा कथामा कविता पनि प्रयोग गरिएको छ, जसले साहित्यको विविध स्वाद प्रदान गर्ने लक्ष्य राखेको देखिन्छ । सञ्चारकर्मीबाट साहित्यकारसम्मको यात्रामा रहेका दीपक समिर, जो मूलतः सञ्चारकर्मीका रूपमा परिचित छन्, उनले आफ्नो पहिलो कृति मार्फत साहित्यिक यात्राको सुरुवात गरेका छन् ।

    विमाेचन कार्यक्रममा डा. महेन्द्र विष्टले समिरले सञ्चारकर्म र लेखनको सन्तुलन राख्दै अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।  कार्यक्रममा साहित्यकारहरु डा. गीता त्रिपाठी, फूलमान वल तामाङ, डा. टङ्क उप्रेती लगायतले पुस्तकको समिक्षा गर्दै उनको साहित्यिक यात्राको सफलताको कामना गरे। साहित्यलेखक हुनु भनेको मात्र कल्पनाशक्ति होइन, निरन्तर साधना पनि हो। समिरले आफ्नो कृतिमा इमान्दारिताका साथ लेख्ने प्रयास गरेको बताएका छन्, जसले पाठकमाझ थप जिज्ञासा जगाउन सक्छ ।

    यो संग्रहले नेपाली साहित्यमा समसामयिक विषयवस्तुलाई फरक ढंगले उठान गर्ने सम्भावना बोकेको देखिन्छ । ‘मुना मदनको डिभोर्स पार्टी’ शीर्षकले नै परम्परागत साहित्यिक धारणालाई चुनौती दिने संकेत गर्छ । नवीन विचार र साहित्यिक साहसका कारण यसले पाठकहरूबीच रुचि जगाउने सम्भावना बाेकेकाे छ । नेपाली साहित्यमा नयाँ शैली र कथ्यको खोजी गरिरहेका पाठकहरूका लागि यो संग्रह रोचक बनेकाे छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ