चितवन । नेपालका लागि नेतृत्व भनेको केवल एक पदको नाम मात्र होइन, यो एक जिम्मेवारी, दूरदृष्टि र परिणाम दिने क्षमता भएको कार्य हो । यसै आधारमा, भरतपुर महानगरपालिकाले तीन वर्ष लगातार राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सार्वजनिक कार्यसम्पादन मूल्याङ्कनमा ७६.२ प्रतिशत अंकसहित पहिलो स्थान हासिल गर्दै आफ्नो समर्पण र योजनाबद्ध नेतृत्वको शक्ति प्रमाणित गरेको छ ।
मेयर दाहालको नेतृत्वमा भरतपुर महानगरपालिकाले धेरै महत्वपूर्ण विकासात्मक कार्यहरू गरेको छ, जसले भरतपुरलाई समृद्धि र विकासको नयाँ उचाइमा पुर्याएको छ । भरतपुरलाई सफा र हरित शहर बनाउनका लागि मेयर दाहालले विभिन्न वृक्षारोपण र सफाई अभियानहरू चलाउदै आउनु भएको छ । भरतपुरमा सार्वजनिक यातायातको सुचारु र व्यवस्थित व्यवस्था गर्नका लागि दाहालले योजनाबद्ध पहल लगायतका थुप्रै विकासका काम गर्दै आउनु भएकाे छ
भरतपुरको यो सफलता भनेको एउटा सशक्त, इमानदार र दूरदृष्टि नेतृत्वको परिणाम हो, जसका लागि मेयर दाहालको समर्पण र सोच महत्त्वपूर्ण छन् । उहाँले भरतपुरको सामाजिक र आर्थिक स्थितिमा अभूतपूर्व परिवर्तन ल्याउन सफल हुनु भएको छ । भरतपुरलाई मात्र नभएर, देशका अन्य महानगरलाई पनि पछाडि पार्दै यसले राष्ट्रिय स्तरमा उच्च स्थान हासिल गरेको छ, जुन कुनै संयोग होइन, बरु योजनाबद्ध प्रतिबद्धता र सही नेतृत्वको स्पष्ट उदाहरण हो ।
त्यसैले त प्रश्न उठ्न् सक्छ, भरतपुरको इतिहासमा अन्य नेताहरूले गर्ने गरेका प्रयासहरूको प्रभाव के थियो ? के ती नेताहरूले यति ठूलो उपलब्धि हासिल गर्न सके ? यद्यपि अहिलेको नेतृत्वले समाजमा एक नयाँ दिशा ल्याएको छ । मेयर दाहालको नेतृत्वले भरतपुरको मुहार कायापलट गरेको छ र यो केवल भरतपुरको उदाहरण मात्र होइन, समग्र नेपालका लागि प्रेरणादायक बन्न सक्छ ।
यो उदाहरणले देखाउँछ कि सही नेतृत्वसँग नेपालका अन्य क्षेत्रहरूको पनि समृद्धि र विकास सम्भव छ । यदि मेयर दाहालको नेतृत्वलाई व्यापक रूपमा लागू गर्न सकियो भने, नेपाल साँच्चै नयाँ विकासको चरणमा प्रवेश गर्न सक्छ । त्यसैले, यस परिवर्तनको उदाहरणलाई आत्मसात गर्दै, सिङ्गो देशमा सही नेतृत्वको महत्त्वलाई पहिचान गर्नु आवश्यक छ। सही नेतृत्वलाई सही ठाउँमा पुर्याएर मात्र नेपाललाई प्रगति र समृद्धिको मार्गमा अगाडि बढाउन सकिन्छ।
.gif)




 x 450 (H) Global Pana.jpeg)


