काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबलकार बनाउने कि नबनाउने भन्ने विषयमा झडप बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिका बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। शनिवार साँझ प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले निषेध आदेश जारी गरेका हुन्। स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६. उपदफा ३ (क) बमोजिम उक्त आदेश जारी भएको उल्लेख गरिएको छ।
ताप्लेजुङ जिल्ला फुडलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुसका कारण स्थानीय स्तरमा हुलदंगा, झडप र प्रतिकूल स्थितिको सूजना भई शान्ति सुरक्षा भंग हुनसक्ने परिस्थितिका कारण आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभएसम्मको लागि निषेध आदेश जारी गरिएको छ ‘घोषित अवधिभर जारी आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणको लागि जानकारी गराइन्छ,’ आदेशमा भनिएको छ।
पाथीभरा क्षेत्रमा केबलकार बनाउन नदिने समूह र प्रहरीबीच पटक/पटक झडप भएका छन्।
.gif)




 x 450 (H) Global Pana.jpeg)


