Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

समयमै विकास बजेट खर्च हुन नसक्नुको कारण खोज्दै प्रमुख पौडेल


ग्लोबल पाना
आइतबार, फागुन ११ २०८१
  • 202
    SHARES

  • images
    समयमै विकास बजेट खर्च हुन नसक्नुको कारण खोज्दै प्रमुख पौडेल

    कास्की । जिल्ला समन्वय समिति  कास्कीका प्रमुख लिलाधर पौडेलले सरकारले छुट्याएको बिकास बजेट समयमा  खर्च नहुनुको कारण माग गर्नुभएको छ ।  प्रमुख  पौडेलले  सघ तथा  प्रदेश का बिषयगत सेवाप्रबाह का कार्यलयहरुको अर्ध बार्षिक समिक्षा तथा नागरिकका जनसरोकारका  बिषय हरुका सन्दर्भमा आइतबार जिसस कास्कीले  आयोजना गरेको अर्धबार्षिक समिक्षा एबम  छलफल कार्यक्रममा सो प्रश्न गर्नुभएको हो।

    images
    images
    images

    उहाँले  सरकारी कार्यालयहरूको पुजिगत खर्चको अवस्था ज्यादै चिन्ताजनक देखिएको भन्दै तत्काल कमिकमजोरी सच्याउन आग्रह गर्नुभयो ।प्रमुख पौडेलले आर्थिक बर्षको बाकी अबधि उल्लेखनीय बनाउन आग्रह गर्दै  योजना अनुसारको खर्च नहुदा बिकास निर्माण र सेवा प्रबाहको अबस्था प्रभावित हुने उल्लेख गर्नुभयो ।

    उहाँले सम्पूर्ण कार्यालयहरूले पुजिगत खर्च बढाउने आबश्यक सम्पूर्ण काम पूरा गर्न कास्कीका कार्यालयहरूलाइ निर्देशन दिनुभयो। कार्यक्रमका  सहभागिहरुलेअनौपचारिक क्षेत्रका श्रमिक हरुलाई सामाजिक सुरक्षा कोषमा सहभागी  गराउन ,डेङुको रोक्थाम को अभियान समयमै चलाउनु पर्ने ,सिंचाइ मा बढी जोड  दिनु पर्ने र बाझो जग्गालाई सदुपयोग गर्नुपर्ने ,किसानहरुले पोटास मलको प्रयोग बढाउने, रैथाने  वाली संरक्षण र प्रोत्साहन गर्ने, महिला उधमिहरुलाई प्रोत्साहन गर्नुपर्ने, एउटा व्यक्ति लाई दोहोरो अनुदान दिन रोक्नुपर्ने ,कृषि तथा पशु बिज्ञ केन्द्र बाट दिईने सुचना तल्लो तह वडा सम्म  पुग्नुपर्ने ,डिभिजन वनकार्यलय संग समन्वय गरि वनजङ्गलका पात पतिङरलाई जैविक मल बनाउने जस्ता कार्यमा अनुदान  दिनुपर्ने ,बिषादिको लाइसेन्स को लागि प्रदेशले कानुन  बनाउनु पर्ने विषयमा जोड  दिनुभएको थियो।

    माटो  परिक्षण  को लागि तालिका बनाई स्थानीय तहमा नै पुगी परिक्षण गर्नुपर्ने ,नागरिक का घर घरमा खानेपानी आपूर्ति  नियमित हुनुपर्ने ,सामुदायिक  वनको जग्गा समुदायको हितमा  प्रयोग गर्नु पर्ने जस्ता बिषयहरु उठाउनु भएको  थियो। कार्यक्रम मा सामाजिक सुरक्षा  कोष , प्रदेश जनस्वास्थ्य कार्यलय, कृषि ज्ञान केन्द्र प्रधानमन्त्री  कृषि आधुनिकिकरण परियोजना कार्यन्बयन   ईकाई ,शिक्षा बिकास तथा समन्वय  ईकाई ,पर्यटन तथा उधोग कार्यालय  ,भेटनरी अस्पताल, तथा  पशु बिज्ञ केन्द्र ,गण्डकी आयुर्वेद अस्पताल ,श्रम तथा रोजगार  कार्यलय, डिभिजन  बन कार्यालयका  प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति   रहेको थियो।  

    जिल्ला समन्वय समिति  कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उप- प्रमुख सरिता माल र  सहजीकरण जिल्ला  समन्वय  अधिकारी  नवराज बरालले गर्नुभएको  थियो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ