Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

लाइसेन्सको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ


ग्लोबल पाना
सोमबार, फागुन १२ २०८१
  • 223
    SHARES

  • images
    लाइसेन्सको परीक्षा दिन गएका नक्कली परीक्षार्थी पक्राउ

    कञ्चनपुर। कञ्चनपुरमा यातायात व्यवस्था कार्यालय कञ्चनपुरले शनिबार लिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा नक्कली परीक्षार्थीसहित परीक्षा दिन लगाउने पक्राउ परेका छन्। पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ का सुवास डगौराको नाममा परीक्षा दिने बेदकोट–५ का अस्मित डगौरा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक जमुना जोशीले जानकारी दिइन्। उनका अनुसार परीक्षा दिन लगाउने सुवास डगौरा र प्रयोगात्मक परीक्षामा अरुको नाममा फर्जी हाजिर लगाइ परीक्षा दिने भीमदत्त नगरपालिका–६ का अमरसिंह धामीलाई पनि पक्राउ गरिएको हो।

    images
    images
    images

    उनीहरुले अरु दुईजनाको हाजिर गरी परीक्षा दिएकाले प्रहरीको सहयोगमा पक्राउ गरी कञ्चनपुर प्रहरी कार्यालयको जिम्मा लगाइएको यातायात व्यवस्था कार्यालय कञ्चनपुरका प्रमुख तर्कराज भट्टले बताए।

    पक्राउ परेका दुबै जनाले फर्जी हाजिरी गरी परीक्षामा सहभागी भएको कार्यालय प्रमुख भट्टले बताए। कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाइएको र थप अनुसन्धान भइरहेको बताए। ‘पक्राउ परेका तिनै जनामाथि अनुसन्धान भइरहेको छ,’ निरीक्षक जोशीले भने, ‘अनुसन्धान सकिएपछि मात्रै उनीहरुलाई कुन शीर्षकमा मुद्दा लाग्छ त्यसबारे निर्णय लिन्छौँ ।’

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ