Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आयोडिनयुक्त नूनको सही उपभोगमा सरकारको सक्रिय भूमिका आवश्यक : सांसद अब्दुल खान


ग्लोबल पाना
बुधबार, फागुन १४ २०८१
  • 640
    SHARES

  • images
    आयोडिनयुक्त नूनको सही उपभोगमा सरकारको सक्रिय भूमिका आवश्यक : सांसद अब्दुल खान

    काठमाडौं । आयोडिन मन्थ (फरवरी) २०२५ को अवसरमा राष्ट्रिय उपभोक्ता मञ्चको आयोजनामा ‘आयोडिनयुक्त नुनको सही उपभोग’ सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले नेपाली बजारमा नुनको अवैध कारोबार रोक्न कडा कारबाही गर्नुपर्ने माग गर्नु भएकाे छ ।

    images
    images
    images

    उहाँले बजारमा अवान्छनीय गतिविधि हुन नदिन सरकारी संयन्त्र सधैं सतर्क र प्रभावकारी हुनुपर्ने बताउनु भयाे । साथै, बजारमा कुनै अपुष्ट हल्ला फैलिएमा सरकारले त्यसको जवाफदेहिता लिनुपर्ने भन्दै उपभोक्तालाई पनि सचेत रहन आग्रह गर्नुभयाे । कार्यक्रममा संघीय संसद्, उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता समितिका सभापति अब्दुल खान, वाणिज्य विभागका महानिर्देशक राजन पौडेल, खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजाल, स्वास्थ्य मन्त्रालय बाल पोषण शाखाका प्रमुख लिलाबिक्रम थापा, साल्ट ट्रेडिङ कर्पोरेशनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारी लगायतका सरोकारवाला सहभागी रहनु भएकाे थियाे ।

    सभापति अब्दुल खानले आयोडिन जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले अनुसन्धान र जनचेतना कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयाे । उहाँले नेपाली बजारमा एकाधिकार राख्न  नहुने बताउनु भयाे । वाणिज्य विभागका महानिर्देशक राजन पौडेलले नेपालमा नुन बिक्रीको अनुमति साल्ट ट्रेडिङलाई मात्र भएकाले अन्य कुनै फर्म वा कम्पनीले अवैध रूपमा नुन कारोबार गरेमा कडा कारबाही गरिने जानकारी दिनुभयाे ।

    खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागका उपमहानिर्देशक सोमकान्त रिजालले आयोडिनयुक्त नुनको गुणस्तर कानुनी तथा प्रविधिगत रूपमा नियमन भइरहेको स्पष्ट पार्दै “सरकारले तोकेको मापदण्डअनुसार साल्ट ट्रेडिङले ‘दुई बालबालिकाको लोगो’ अंकित नुन बिक्री वितरण गर्दै आएको छ, उपभोक्ताले ढुक्क भएर नुन सेवन गर्न सक्छन्,“ भन्नुभयाे । स्वास्थ्य मन्त्रालय बाल पोषण शाखाका प्रमुख लिलाबिक्रम थापाले आयोडिनयुक्त नुनको वैज्ञानिक महत्वबारे जानकारी दिँदै यसको कमीले गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्ने बताउनु भयाे ।

    साल्ट ट्रेडिङ कर्पोरेशनका नायव प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले नुन प्याकेजिङ प्रणालीबारे स्पष्ट पार्दै सरकारले तोकेको मापदण्डअनुसार नै आयोडिन मिसाउने कार्य भइरहेको बताउनु भयाे । कार्यक्रमको सञ्चालन राष्ट्रिय उपभोक्ता मञ्चका महासचिव अधिवक्ता पुष्पराम पौड्यालले गर्नु भएकाे थियाे, भने धन्यवाद ज्ञापन मञ्चकी उपाध्यक्ष उर्मिला जोशीले गर्नु भयाे ।

    अन्तरक्रियाका क्रममा सहभागीहरूले आयोडिनयुक्त नुनको उपभोग, बजारमा फैलिएका अफवाह, गुणस्तर मापन तथा आपूर्तिका विषयमा जिज्ञासा उठेका थिए, जसमा सरोकारवाला निकायका अधिकारीहरूले स्पष्ट पार्नु भएकाे थियाे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ