Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग


ग्लोबल पाना
बिहीबार , फागुन १५ २०८१
  • 252
    SHARES

  • images
    बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

    सुनसरी, १५ फागुन । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा तालको अवलोकन गर्ने क्रममा समितिले यस्तो आग्रह गरेको हो।

    images
    images
    images

    कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने गरेकाले यसको संरक्षण र विकासका ध्यान दिन समितिले आग्रह गरेको छ। भारतको बिहारबाट दश किलोमिटर नजिक रहेको ताललाई पर्यटकीयस्थल बनाउन सके भारतबाट पनि पर्यटक आउन सक्ने र माछा पालनबाट वर्षेनी ६/७ करोडको आयार्जन गर्न सकिने सम्भावना रहेकाले आवश्यक बजेटको व्यवस्था गरिदिन समितिले आग्रह गरेको छ।

    ज्ञापनपत्र बुझ्दै अध्यक्ष प्रचण्डले पर्यटन विकास, पर्यावरण संरक्षण र स्थानीय रोजगारी विकास गर्नको बर्जु ताल सिमसार विकास तथा संरक्षणका लागि पार्टीले पहल गर्ने बताउनुभयो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ