Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

डा. राउतको सुझावः सशस्त्र प्रहरी संघीय मातहत, नेपाल प्रहरी प्रदेश अन्तर्गत राख्नुपर्छ


ग्लोबल पाना
आइतबार, फागुन १८ २०८१
  • 639
    SHARES

  • images
    डा. राउतको सुझावः सशस्त्र प्रहरी संघीय मातहत, नेपाल प्रहरी प्रदेश अन्तर्गत राख्नुपर्छ

    काठमाडौं। जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सरकारले हालै संसदमा दर्ता गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेश खतरनाक रहेको बताएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत राउतको सचिवालयले बेलमै सचेत रही यसमा रहेका गम्भीर प्रावधान संशोधन गर्न उनले आह्वान पनि गरेका छन्।

    images
    images
    images

    उनले सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश र ट्राफिक प्रहरीलाई स्थानीय सरकार मातहत राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। ‘यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक–सामुदायिक–नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला,’ राउतले लेखेका छन्।

    गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा पेस गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी अध्यादेशमा सांसदहरूले ६४–६४ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । केही दिनभित्रै विधेयकमाथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ। राउतले सामाजिक सञ्जालमा लेखेका छन्– नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१ संसदमा पेश भई संसदीय प्रक्रियामा प्रवेश गरेको छ।

    नेपाल प्रहरी राज्य सत्ताको स्थायी अंगको रूपमा शासकवर्गको हितलाई परिपूर्ती गर्ने माध्यमको रूपमा रहँदै आएको छ। राजा र राणा शासनकालमा होस् कि वर्तमान खसआर्य शासनकालमा यही कुरा नै लागू हुँदै आएको छ। अहिले त यहाँसम्म कि प्रहरी भनेको ठूला पार्टीलाई पक्षपोषण गर्ने, विरोधी वा अन्य पार्टीका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाउने, फसाउने, दबाउने, आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिने, निर्वाचनमा आफूलाई जिताउन सबै प्रकारको सहयोग गर्ने, शासकवर्ग इतरका आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारूहरूमाथि दमन गर्ने माध्यमको रूपमा रहँदै आएको छ।

    यहाँसम्मका यदि तराई मधेश वा किराँतकै एउटा गाउँमा १०० घरधूरीमध्ये एउटा मात्रै खस(आर्य परिवार छ भने प्रहरीले त्यही खसआर्य मूलीकै कुरा सुन्ने र सोहीअनुरूप नै गर्ने व्यवहार देखिँदै आएको छ। यस परिपे्रक्ष्यमा संघीयता आएपछि सबै प्रदेश र सबै वर्गसमुदायले यसमा केही राहत पाउने आशा गरिए तापनि प्रस्तावित प्रहरी विधेयकहरूले प्रहरीको खसआर्य शासक केन्द्रीत दमनकारी मानसिकता अझ प्रगाढ हुने देखिन्छ र सो प्रमुख जिल्ला अधिकारीमार्फत् परिचालित हुनेछ। संघीय व्यवस्थामा तीन तहका प्रहरीहरूको कार्यक्षेत्र निम्नानुसार हुन्छन्–

    १. संघीय प्रहरी निकायहरू मुख्यतः राष्ट्रिय सुरक्षा, सीमा नियन्त्रण, आतंकवादविरोधी कार्य, र संगठित अपराधसम्बन्धी मामिलामा संलग्न हुन्छन्।

    २. राज्य प्रदेश प्रहरी क्षेत्रीय रूपमा आपराधिक अनुसन्धान, कानून कार्यान्वयन, र दङ्गा नियन्त्रण जस्ता कार्यहरू गर्छन्।

    ३. स्थानीय, नगर प्रहरी मुख्यतः समुदाय सुरक्षा, ट्राफिक नियन्त्रण, र स्थानीय अपराध न्यूनीकरण मा केन्द्रित हुन्छन्।

    यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक–सामुदायिक–नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ