Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

भारतीय सीमा हुँदै अबैध रूपमा भित्रने पोल्ट्रीजन्य वस्तु नियन्त्रण गर्न पहल, अनुगमन टोली गठनको निर्णय


ग्लोबल पाना
आइतबार, फागुन १८ २०८१
  • 368
    SHARES

  • images
    भारतीय सीमा हुँदै अबैध रूपमा भित्रने पोल्ट्रीजन्य वस्तु नियन्त्रण गर्न पहल, अनुगमन टोली गठनको निर्णय

    पर्सा । नेपाल लेयर्स कुखुरापालक संघले भारतीय सीमा हुँदै अबैध रूपमा भित्रने पोल्ट्रीजन्य वस्तु (अण्डा, चल्ला, कुखुरा, तयारी मासु) को नियन्त्रणका लागि पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षण पत्र बुझाएको छ । संघका अध्यक्ष विनोद पोखरेल नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटी यसबारे आवश्यक कदम चाल्न आग्रह गरेको हो।

    images
    images
    images

    ध्यानाकर्षण पत्र बुझाएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा सम्बन्धित निकायहरूको संयुक्त बैठक बसेको थियो। बैठकमा सशस्त्र प्रहरी उपरीक्षक, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्साका निमित्त प्रमुख, उद्योग वाणिज्य संघ पर्साका कोषाध्यक्ष, नेपाल भेटेरिनरी एशोसिएसनका निवर्तमान अध्यक्ष डा. शितलकाजी श्रेष्ठ लगायतका अधिकारीहरू सहभागी थिए ।

    बैठकले अवैध रूपमा भित्रने पोल्ट्रीजन्य वस्तु नियन्त्रण गर्न ‘र्यापिड एक्सन टिम’ गठन गर्ने निर्णय गरेको छ । पशु सेवा विभाग र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका निमित्त प्रमुखको संयोजनमा बन्ने यस टिममा नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेल, उद्योग वाणिज्य संघ वीरगञ्जका कोषाध्यक्ष, सशस्त्र प्रहरी उपरीक्षक र जनपथ प्रहरी उपरीक्षक रहनेछन् ।

    साथै, सहायक प्रमुख जिल्ला अधिकारीले नियमित अनुगमन गर्ने व्यवस्था मिलाइएको छ। अनुगमन टोलीले भोलिदेखि नै कार्य प्रारम्भ गर्ने निर्णय भएको छ । अवैध रूपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरू रोक्न आवश्यक कारबाही अगाडि बढाउने र सीमामा कडाइ गर्ने सहमति बैठकमा जुटेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ