Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड


ग्लोबल पाना
आइतबार, फागुन १८ २०८१
  • 446
    SHARES

  • images
    पार्टीमा लागेको रोगको उपचार खोज्न जनतामा आयौं: प्रचण्ड

    धनुषा, १८ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुराना दलको सहकार्यले उनीहरुभित्रको रोग माओवादीमा पनि संक्रमण भएकाले रोगको उपचार खोज्न जनताको बीचमा आएको बताउनुभएको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत धनुषाको हंसपुर नगरपालिकामा आयोजित जागरण तथा खबरदारी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    images
    images
    images

    कहिले काङ्ग्रेस र कहिले एमालेसँग सहकार्य गर्दागर्दा उनीहरूको रोग माओवादीभित्र पनि देखिन थालेकाले पार्टीभित्र विभिन्न तहका परामर्श बैठकबाट रोग पहिचान गरेर यसको उपचार गर्ने डाक्टर जनता मात्रै हुन भन्ने निष्कर्षसहित उपचार खोज्न जनताको बीचमा आएको बताउनुभयो । माओवादीप्रति विश्वास गरेका लाखौं लाख जनताको विश्वास कायम राख्न नसक्नु कमजोरी भएको उल्लेख उहाँले सबैभन्दा पहिले आफ्ना कमीकमजोरी सच्याएर जनतातिर फर्कन केन्द्रीय समिति बैठकले दिएको निर्देशनअनुसार पार्टीको सन्देश बोकेर यो अभियान थालिएको बताउनुभयो ।

    हुलाकी मार्ग वरिपरि सबैभन्दा धेरै उत्पीडित वर्ग र समुदायको बसोबास रहेकाले समुदायभित्रै छिरेर जनताको मनको कुरा नजिकबाट बुझ्ने कोशिस गरिरहेको बताउनुभयो । त्यहीअनुरुप जनताको घरमा बस्ने, उनीहरुले जे खान्छन्, त्यही खाने, जस्तोमा बस्छन्, त्यही बस्ने हरेको अध्यक्ष प्रचण्डले स्पस्ट गर्नुभयो। अध्यक्ष प्रचण्डले हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपालको रुपरेखा फेर्न सहयोग गर्ने बताउनुभयो । लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिनुभयो।

    तिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उहाँले आग्रह गर्नुभयो । मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    पार्टी उपमहासचिव एवं मधेस प्रदेस इन्चार्ज मातृका यादवले पार्टीले सत्तामुखी होइन जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको उल्लेख गर्दै अब मधेसलाई लाल मधेस बनाउने उद्घोष गर्नुभयो । उहाँले मधेस जागरण अभियानले जनता जागृत हुँदै गरेको उल्लेख गर्दै अब गाउँगाउँमा पुगेर संगठन सुदृढ गरिने बताउनुभयो। नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको उल्लेख गर्दै मधेसवादी दल विभाजन र नातावाद कृपावादले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताउनुभयो ।

    मधेसी जनताको मुक्तिका लागि आफू मधेसवादी दल छाडेर नेपाल समाजवादी पार्टी बनाएर माओवादीसँग एकताको प्रक्रियामा रहेको उल्लेख गर्दै उहाँले मधेसमा अब माओवादीले मात्रै बलियो शक्तिको रुपमा नेतृत्व गर्नसक्ने बताउनुभयो।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ