Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ: प्रचण्ड


ग्लोबल पाना
बुधबार, फागुन २१ २०८१
  • 346
    SHARES

  • images
    अभियानले दक्षिण नेपालमा नयाँ भरोसा जगाउँदैछ: प्रचण्ड

    महोत्तरी, २१ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको तराई मधेस जागरण अभियानले दक्षिण नेपालका लाखौं जनतामा नयाँ भरोसा जगाउँदै लगेको बताउनुभएको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा महोत्तरीको मटिहानीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।

    images
    images
    images

    अध्यक्ष प्रचण्डले झापाबाट सुरु गरेर मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषाहुँदै महोत्तरीसम्म आउँदा लाखौं जनतामा उत्साह सिर्जना गरेको र कन्चनपुरसम्म पुग्दा दशौं लाख जनतामा नयाँ विश्वास र भरोसा जागृत गरेको बताउनुभयो। उहाँले पार्टीको अभियानले तराई मधेसमा सिर्जना गरेको जनलहरले अन्य राजनीतिक दलहरुमा आतंक सिर्जना सुरु भएको बताउनुभयो ।

    आफूलाई ठूला भन्ने दल र आफूलाई मधेसी समुदायको मसिहा ठान्ने दलहरु माओवादीको यो अभियानबाट आत्तिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसबाट जनतामा भने जागरणको लहर सिर्जना गरेको बताउनुभयो। लामो समय अलपत्र परेको हुलाकी मार्ग अघि बढाउन आफूले २०७३ मा प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरी सहयोग सुचारु गरेपछि योजना अघि बढेको जानकारी दिनुभयो ।

    उहाँले नेपालमा तीन सय वर्षअघि संस्थागतरुपमा शिक्षाको सुरु भएको र महत्त्वपूर्ण मठ मन्दिर रहेको महोत्तरीको मटिहानी महत्त्वपूर्ण रहेको बताउनुभयो । सो क्रममा माओवादी केन्द्रमा प्रवेश गर्ने जसपा नेपालका नेता नवीनकुमार महतोलाई अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको थियो । भोलि दिनभरि अभियान महोत्तरीको हुलाकी मार्ग आसपासका पालिकाहरुमा केन्द्रित हुने छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ