Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ : देउवा


ग्लोबल पाना
बिहीबार , फागुन २२ २०८१
  • 424
    SHARES

  • images
    कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुन्छ : देउवा

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन्। बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन्।

    images
    images
    images

    कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने उनले बताए। लोकतन्त्रमा मात्रै सवैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे। सभापति देउवाले गोर्खा भर्ती केन्द्रका बारेमा सरकारसंग कुरा भइरहेको भन्दै समस्या समधानका लागि कुटनीतिक तवरले कुरा अघि बढाउने प्रतिवद्धता जनाए।

    गोर्खा भूतपूर्व सैनिकको पेन्सनको बिभेदका बिषयमा समेत आफू जानकार रहेकाले यस बिषयमा पनि आफूले सम्बन्धीत निकायमा कुरा गर्ने उनको भनाइ छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ