Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

पत्रकार गीता अधिकारीसहित ७ महिला स्रष्टा सम्मानित


ग्लोबल पाना
शुक्रबार, फागुन २३ २०८१
  • 1,078
    SHARES

  • images
    पत्रकार गीता अधिकारीसहित ७ महिला स्रष्टा सम्मानित

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाक्इ  सम्मान गर्न आयोजना गरिएको ३ दिने महिला चलचित्र महोत्सव सफलतापूर्वक सम्पन्न भएको छ । चलचित्र विकास वोर्ड अन्तर्गतको महिला चलचित्रकर्मी सशक्तीकरण समितिले महोत्सवको आयोजना गरेको हो । 

    images
    images
    images

    बिहीबार सम्पन्न महोत्सवमा घरेलु चलचित्रको विकासमा योगदान पुर्‍याएका सात महिला स्रष्टालाई सम्मान प्रदान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा अभिनेत्री करिश्मा मानन्धर, रश्मी भट्ट, सरिता साह, पशुपति राई, थिन्ले ल्हामो, पत्रकार गीता अधिकारी, र मेकअप कलाकार शोभा श्रेष्ठ रहेका छन्। तेस्रो तथा अन्तिम दिन, सामाजिक संस्था माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला प्रमुख अतिथिका रूपमा सहभागी भइन्। महोत्सवको उद्घाटन काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले गरेकी थिइन्।

    महोत्सवमा ऐतिहासिक नेपाली चलचित्र ‘सिन्दूर’ प्रदर्शन गरिएको थियो, जसका कलाकारको मुहारचित्र ललितकलाका विद्यार्थीहरूले तयार पारेका थिए। दोस्रो दिन नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा प्रमुख अतिथि रहिन्। उक्त दिन महिलाहरूले महिलाका विषयमा निर्माण गरेका लघु चलचित्र देखाइएको थियो। साथै, निर्देशक तथा कलाकार रेखा थापा र स्वस्तिमा खड्कासँग छलफल कार्यक्रम पनि राखिएको थियो।

    समापन समारोहमा वरिष्ठ कलाकार, निर्देशक, संगीतकार, निर्माता, तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बसुन्धरा भुसाल, भुवन चन्द, चैत्यदेवी, शम्भुजीत बासकोटा, दीपकराज गिरी, दिपाश्री निरौला, जीतु नेपाल, राजभाई सुवाल, मोहन निरौला, निर्मल शर्मा, जनकदीप पराजुली, रविन्द्र खड्का, सुचित्रा श्रेष्ठ, रक्षार्सिह राणा, प्रदीप खड्का, केकी अधिकारी, यम बराल, सविन श्रेष्ठ, अनु शाह, विद्या कार्की लगायतका कलाकार तथा चलचित्रकर्मीहरूको उपस्थिति थियो।

    महिला सशक्तीकरण समितिको यो पहलले नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदानलाई सम्मान गर्दै भविष्यमा थप सशक्तीकरणका कार्यक्रमहरू आवश्यक रहेको सन्देश दिएको छ। सहभागी चलचित्रकर्मी तथा अतिथिहरूले कार्यक्रमको प्रशंसा गर्दै यसको निरन्तरताको कामना गरेका छन्।

    महिला चलचित्रकर्मी सशक्तिकरण समितिको संयोजक केकी अधिकारी रहेकी छिन्। समितिमा सञ्चारकर्मी गीता अधिकारी, चलचित्रकर्मी स्वस्तिमा खड्का, नम्रता खरेल, सरस्वती घिमिरे, दुर्गा परियार, कल्पना आचार्य, र निर्मला चौलागाईं सदस्यका रूपमा रहेका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ