Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफन्त नेपालद्वारा विविध सचेतनामूलक कार्यक्रम सम्पन्न


ग्लोबल पाना
सोमबार, फागुन २६ २०८१
  • 771
    SHARES

  • images
    ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आफन्त नेपालद्वारा विविध सचेतनामूलक कार्यक्रम सम्पन्न

    ललितपुर । "सबै महिला तथा बालिकाका लागि अधिकार, समानता र सशक्तिकरण" भन्ने राष्ट्रिय नाराका साथ ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसलाई आफन्त नेपालले विभिन्न सचेतनामूलक कार्यक्रमसहित देशव्यापी रूपमा सम्पन्न गरेको छ । महिला अधिकार, लैङ्गिक समानता, कानूनी साक्षरता, प्रजनन स्वास्थ्य, बालविवाह रोकथाम, मानव बेचबिखनविरुद्ध अभियान तथा महिला सशक्तिकरणमा प्रविधिको भूमिका जस्ता विषयमा केन्द्रीय तथा शाखा कार्यालयमार्फत सचेतना कार्यक्रमहरू सञ्चालन गरिएका हुन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्वारा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित मूल समारोहमा आफन्त नेपाल केन्द्रीय कार्यालय, ललितपुरले सहभागिता जनाएको थियो ।

    images
    images
    images

    त्यस्तै, संस्थाका विभिन्न शाखा कार्यालयहरूले स्थानीय निकाय, संघसंस्था तथा समुदायका व्यक्तिहरूसँग समन्वय गर्दै सचेतनामूलक कार्यक्रमहरू आयोजना गरेका थिए । देशभर आयोजना गरिएका प्रमुख कार्यक्रमहरू झापामा विद्यालय तहमा अभिमुखीकरण तथा प्रजनन स्वास्थ्य शिक्षा कार्यक्रम, मोरङमा किशोरी तथा अभिभावकहरूका लागि बालविवाह रोकथाम र कानूनी प्रावधानसम्बन्धी सचेतना कार्यक्रम, धनुषा र पर्सामा बालविवाहको असरबारे सचेतनामूलक र्‍याली तथा विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम, चितवनमा शिक्षकहरूको भूमिकासम्बन्धी अभिमुखीकरण तथा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध कानूनी साक्षरतासम्बन्धी कार्यक्रम, परासीमा ‘महिला सशक्तिकरणमा प्रविधिको भूमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता, रुपन्देहीमा विद्यालयस्तरीय कानूनी साक्षरता कार्यक्रम तथा सहकारी शिक्षा तालिम, कपिलवस्तुमा सशस्त्र प्रहरी बल र रिक्शाचालकहरूसँग मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध अन्तर्क्रिया कार्यक्रम, बाँकेमा महिला समूहहरूका लागि कानूनी परामर्श तथा सशक्तिकरणसम्बन्धी अभिमुखीकरण, कञ्चनपुरमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच ’नारी’ शिर्षकमा कविता वाचन प्रतियोगिता कार्यक्रम गरििएकाे थियाे ।

    सूचना प्रविधिको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगिता महिला सशक्तिकरणमा सूचना र प्रविधिको भूमिकासम्बन्धी वक्तृत्वकला प्रतियोगितामा कक्षा ८–१० का विद्यार्थीहरू सहभागी भए । प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कृत गरिएकाे थियाे । प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सुनिल कुमार तिवारीले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास बढाउने तथा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।

    देशभरि ११ वटा शाखा कार्यालयमार्फत आयोजित कार्यक्रमहरूमा सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, महिला तथा किशोरी समूहका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो । यस कार्यक्रममार्फत १,००० भन्दा बढी व्यक्तिहरु सचेत भएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ