Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनमत पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, संगठन विस्तार र १२ महत्वपूर्ण निर्णयहरू


ग्लोबल पाना
सोमबार, फागुन २६ २०८१
  • 1,623
    SHARES

  • images
    जनमत पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, संगठन विस्तार र १२ महत्वपूर्ण निर्णयहरू

    बर्दिवास । महोत्तरी जिल्लाको बर्दिबास स्थित पावन मिथिला पार्टी प्यालेसमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष माननीय डा. सिके राउतको अध्यक्षतामा पार्टीको पूर्ण केन्द्रीय समितिको बैठक २०८१ फाल्गुन २५/२६ गतेकोे दुई दिने बैठक कार्यक्रम सम्पन्न भएको हो। पार्टीका केन्द्रीय नेता एवं उपाध्यक्ष अब्दुल खान अनुसार २०८१ माघ ६ गते बसेको सचिवालय बैठककोे निर्णयानुसार केन्द्रीय समितिकोे बैठक महोत्तरी जिल्लाको बर्दिबासमा बैठक बस्ने निर्णय गरेको थियो। साेही बैठकमा केन्द्रीय अध्यक्ष ,उपाध्यक्ष र कार्यकरणी समितिका सदस्य लगायत केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो।

    images
    images
    images

    जनमत पार्टी द्वारा प्रशिक्षण तथा पार्टीको कामकारवाही/गतिविधि बारे प्रतिवेदन पेश गर्ने लगायतका समसामयिक राजनीतिक विषय वस्तु ऊपर छलफल गर्ने उद्देश्यले केन्द्रीय समितिको बैठक बसेको थियो। बैठकमा पेश भएका प्रस्तावहरू माथि छलफल गरी तपसिल बमोजिमका निर्णयहरू केन्द्रीय तहका सदस्यहरुकोे सर्वसम्मतिबाट पारित गरिएको छ ।

    निणर्यहरु यस प्रकारका छन:

    १. कार्यप्रगति समीक्षा विषयमा छलफल हुँदा उपस्थित सहभागीहरूले आ-आफ्नो कार्यप्रगति विवरण पेश गर्नका साथै हरेक केन्द्रीय सदस्य तथा पर्यवेक्षकहरूलाई तोकिएको कार्य परा गरे नगरेको मूल्याङ्कन पढेर सुनाइयो तथा सो मूल्याङ्कनको आधारमा नै आगामी दिनमा केन्द्रीय सदस्यमा जारी राख्ने/नराख्ने वा अन्य जिम्मेबारी दिने निर्णय गरिनेछ।

    २. संगठन विस्तार विषयमा छलफल हुँदा सदस्यता अभियान चलाउने, पार्टी प्रवेश कार्यक्रममा तीव्रता दिने, भातृसंगठनहरूको गठनमा जोड दिने, अहिलेसम्म नपुगेका वर्ग, समुदाय, उमेरसमूह, व्यवसाय समूह र क्षेत्रसम्म पुग्ने गरी कार्यक्रम संचालन गर्ने निर्णय गरियो। प्रथम पटक ५ र त्यसपछि दुई गुणा संगठन विस्तार गर्नु पर्ने लक्ष्य पछिल्लो केन्द्रीय समितिहरूको बैठकमा लिइएकोमा सोलाई पूरा गर्ने निर्णय गरियो।

    ३. आगामी रणनीति विषयमा छलफल हुँदा सडक, सदन र सरकार तीनै मोर्चाको लागि सशक्त तैयारी गर्ने निर्णय गरियो।

    ४. सदस्यता र संगठन विस्तार, पार्टी प्रवेश तथा अधिवेशनका कार्यक्रमहरूका साथ-साथै सशक्त आन्दोलनका लागि युवादस्ता गठन तथा प्रशिक्षणमा विशेष जोड दिने निर्णय गरियो।

    ५. प्रदेशहरूलाई अधिकार सम्पन्न, स्वायत्त र प्रभावकारी बनाउन आवश्यक ऐनकानूनहरू चाँडै निर्माण गराउन पहल गर्ने निर्णय गरियो।

    ६. देशमा भइरहेको राजनैतिक प्रतिगामी ध्रुवीकरण प्रति सचेत भएर जनचेतना फैलाउने र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति संगठनलाई तैयार राख्ने निर्णय गरियो।

    ७. नेपाल सरकारले ल्याई रहेका राजनैतिक दल सम्बन्धी ऐन, दुई दलीय व्यवस्था लाद्रे किसिमको थ्रेसहोल्डसहितको प्रावधान, भूमि र नागरिकतासम्बन्धी अध्यादेशप्रति सचेत हुँदै प्रतिगामी कदमहरूलाई प्रखर रूपले विरोध गर्ने निर्णय गरियो।

    ८. तराई-मधेशको पानीको मूल तथा चुरिया पर्वतको संरक्षणको साथसाथै नदिनालाको अवैध उत्खनन रोक्नका लागि पार्टीले विभिन्न स्तरमा आग्रह गर्नुका साथै पहल गर्ने निर्णय गरियो।

    ९. सिरहा जिल्लाको रिंकु सदासहितको घटनाको संज्ञान लिँदै दलित, गरीब, पिछडिएका तथा निमुखा वर्गमाथि समाजमा भइरहेको निरन्तर दमन, शोषण र बलात्कारको विरुद्धमा जनमत पार्टी प्रखर तथा संगठित भएर लाग्ने निर्णय गरेको छ।

    १०. समग्र देशको विकास र अबको निकास 'नौलो गणतन्त्र' नै हुने भनेर त्यसको लागि घरघरमा विचार फैलाउने र विभिन्न कार्यक्रमहरूको आयोजना गरेर माहौल निर्माण गर्ने निर्णय गरियो।

    ११. बैठकमा व्यापक रूपमा उठेको मेचीदेखि महाकालीसम्म नै तराई-मधेशको मेरूदण्ड रहेको र राज्यबाट सँधै नै उपेक्षित रहेको हुलाकी राजमार्ग तथा त्यसमा रहेका पुलहरू यथाशीघ्र सम्पन्न गर्ने विषयलाई जोडदार रूपले उठाउने, साथै तराई-मधेश फास्ट ट्रायक सम्पन्न गर्ने तथा निजगढ अन्तरराष्ट्रिय विमानस्थलको निर्माण गर्ने विषयमा जोडदार लबी गर्ने निर्णय गरेको छ।

    १२. यस केन्द्रीय समितिको बैठकले 'आजीवन नेता कार्यकर्ता' को अवधारणा ल्याकोमा सोको लागि वैचारिक, आर्थिक र सामाजिक पक्षबाट दीर्घकालीन रूपमा दीगो हुने गरी कार्यक्रम तथा योजनाहरू ल्याउनका लागि अध्ययन तथा सुझाव समिति गठन गर्ने निर्णय गरेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ