Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरोधी शक्तिहरूको विरोध गर्दै विशेष प्रस्ताव पारित


ग्लोबल पाना
मंगलबार, फागुन २७ २०८१
  • 918
    SHARES

  • images
    नेकपा (एकीकृत समाजवादी) ले गणतन्त्रविरोधी शक्तिहरूको विरोध गर्दै विशेष प्रस्ताव पारित

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टी केन्द्रिय सचिवालयको बैठकमार्फत संविधान र गणतन्त्रको रक्षाका लागि संघर्ष जारी राख्ने निर्णय गरेको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा ‘पुनःस्थापनावादी शक्तिहरूको’ विरोध गर्दै पार्टीले विशेष प्रस्ताव पारित गरेको हो ।

    images
    images
    images

    पार्टीका प्रमुख प्रकाश ज्वालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही व्यक्तिहरू नेपाली जनताको लामो संघर्ष र जननिर्वाचित संविधानसभाबाट स्थापित गणतन्त्रविरुद्ध गतिविधिहरू गर्न खोजिरहेका छन् ।“ विज्ञप्तिमा गणतन्त्रविरोधी गतिविधिलाई अस्वीकार्य बताउँदै परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने उल्लेख छ ।

    नेकपा (एकीकृत समाजवादी) ले आगामी चैत १ गते वृहत् पत्रकार सम्मेलन गरी गणतन्त्र र संविधानको रक्षा, रोजगारी प्रवद्र्धन, तथा सुशासनका लागि पार्टीले गर्ने आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। 

    FB_IMG_1741630518282.jpg
    undefined

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ