Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

सखुवा पर्सउनी गाउँपालिकामा जनमत पार्टीका नेताहरूलाई भव्य स्वागत


ग्लोबल पाना
बुधबार, फागुन २८ २०८१
  • 975
    SHARES

  • images
    सखुवा पर्सउनी गाउँपालिकामा जनमत पार्टीका नेताहरूलाई भव्य स्वागत

    पर्सा, २०८१ फागुन २८ । पर्सा जिल्लाको सखुवा पर्सउनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष जसवन्त यादवको नेतृत्वमा जनमत पार्टीका उच्च तहका नेताहरूलाई भव्य स्वागत गरिएको छ । नेपाल सरकारका पूर्वमन्त्री एवं जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष माननीय अब्दुल खान, पर्सा जिल्ला इन्चार्ज ओमप्रकाश सर्राफ, केन्द्रीय सदस्यहरू नजमा खातुन, रम्भा मिश्रा, अनवर खान तथा केन्द्रीय कार्यकारिणी समिति सदस्य हरपाल सिंह सिख लगायतका नेताहरूलाई विशेष कार्यक्रममार्फत सम्मान गरियो ।

    images
    images
    images

    कार्यक्रमका क्रममा गाउँपालिकाका जनप्रतिनिधि र जनमत पार्टीका नेताहरूबीच विकास निर्माणका योजना, स्थानीय तहका चुनौतीहरू तथा समृद्धि सम्भावनाहरूका विषयमा गम्भीर छलफल भएको थियो । स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै नेताहरूले गाउँपालिकाको विकासमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    जनमत पार्टीका नेताहरूको आगमनले स्थानीय स्तरमा पार्टीप्रतिको आकर्षण बढेको स्थानीयहरूले बताएका छन् ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ