Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको पहल, कार्यदलको पहिलो बैठक सम्पन्न


ग्लोबल पाना
आइतबार, चैत १० २०८१
  • 854
    SHARES

  • images
    जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकीकरणको पहल, कार्यदलको पहिलो बैठक सम्पन्न

    काठमाडौं, १० चैत । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरणका लागि गठन गरिएको कार्यदलको पहिलो बैठक आज सम्पन्न भएको छ ।

    images
    images
    images

    बैठकमा जनमत पार्टीका तर्फबाट मा. अब्दुल खान, डा. शरद सिंह यादव, बाल गोविन्द चौधरी तथा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट मा. गंगा चौधरी, सुनिता चौधरी, रामलाल डगोरा थारु सहभागी भएका थिए ।

    बैठकमा दुबै दलका नेताहरूले सम्भावित एकताको मोडालिटी, साझा विचारधारा तथा भावी रणनीतिका विषयमा छलफल गरेका छन् । कार्यदललाई प्रभावकारी बनाउन र एकीकरण प्रक्रियालाई तीव्रता दिन थप बैठकहरू आयोजना गरिने सहमति भएको जनाइएको छ ।

    जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पछिल्लो समय राजनीतिक सहकार्यका प्रयासहरू भइरहेका छन् । दुबै दल मधेस केन्द्रित राजनीतिक मुद्दाहरूमा क्रियाशील रहँदै आएका छन् । यस बैठकपछि उनीहरूबीचको एकता प्रक्रिया कति अगाडि बढ्छ भन्ने चासो राजनीतिक वृत्तमा बढेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ