Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

नेपाली पहिचान झल्काउने नेपाल फेस्टिवल दुबईमा


ग्लोबल पाना
सोमबार, चैत ११ २०८१
  • 611
    SHARES

  • images
    नेपाली पहिचान झल्काउने नेपाल फेस्टिवल दुबईमा

    नेपाली कला, संस्कृति, पर्यटन र व्यापार प्रवद्र्धनका लागि दुबईमा विशेष उत्सव

    काठमाडौं । “नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने नाराका साथ आउँदो २० अप्रिल २०२५ का दिन क्रिक पार्क दुबईमा नेपाल फेस्टिवलको हुने भएको छ ।

    images
    images
    images

    नेपाली राजदूतावास आबुधावीको संरक्षकत्व तथा नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका र नेपाली समाज यूएई, नेपाल आदीवासी जनजाती महासंघ यूएई, नेपाल पत्रकार महासंघ, यूएई शाखा, क्रियासिल बिभिन्न बैचारिक संस्था तथा संगठन, जिल्ला तथा भेगीय संस्था, जातीय, क्षेत्रिय, धार्मिक तथा बर्गिय विभिन्न संघ संस्थाहरुको आयोजनामा आयोजित उक्त फेस्टिवलमा करिब १५ हजार नेपाली तथा विदेशी दर्शकहरुको उपस्थिति रहने अयोजकले जनाएको छ ।

    नेपाली राजदूतावास आबुधावीका लागि महामहिम राजदूत तेज बहादुर क्षेत्रीले यो नेपाल र नेपालीका लागि अयोजना गरिएको फेस्टिवल रहेको बताउनुभएको छ । फेस्टिवलमा नेपालको कला संस्कृति, भेषभुषालाई झल्काउदै नेपाली खाना, हस्तकला एवम् नेपालको पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार तथा प्रवद्र्धनमा महत्वपूर्ण भुमिका रहने राजदुत क्षेत्रीले बताउनुभयो ।

    हिजो आईतबार बरदुबईमा सम्पन्न नेपाल फेस्टिवलको तयारी एवम् प्रगति विवरण तथा अन्र्तक्रिया कार्यक्रममा नेपाली राजदूतावास युएईकी उपनियोग प्रमुख रंञ्जिता दाहालले फेस्टिवल सफल पार्नका लागि दुतावासले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता जाहेर गर्दै आर्थिक पारदर्शीता कायम राख्नका लागि सुझाव दिनुभएको थियो ।

    फेस्टिवलमा नेपालको मौलिकता झल्कने भेष भुसा सहित विभिन्न समुदायको झाकी तथा चर्चित कलाकारहरु कमेडियन तथा उद्घोषक सन्दिप क्षेत्री र नायिका तथा मोडल पुर्व मिस नेपाल नर्मता श्रेष्ठले कार्यक्रमको उद्घोषण गर्ने बताउदै गायिका शन्ति श्री परियार, अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान, बम बहादुर कार्की, मोडल तथा डान्सर अस्मिता रनपाल तथा काव्य व्याण्डको कन्सर्ट रहने मुल आयोजक समितिका संयोजक विकास शाहीले जानकारी दिनुभयो ।

    शाहीले नेपालमा रहेको सर्वोच्च शिखर सगरमाथा, बुद्धको जन्म भूमि, पर्यटकीय क्षेत्रहरुलाई भिडियो मार्फत पनि प्रर्दशन गरिने नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनु भयो । नेपाली समाज, यूएईका अध्यक्ष राम मोक्तानले फेस्टिवलमा सवैलाई अपनत्व हुने नेपाल र नेपालीका लागि यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । नेपाली दुताबासको संरक्षकत्व रहेको नेपाल र नेपालीका लागि गौरवको कार्यक्रम भएकाले सम्पूर्ण संघ संस्थाहरुको भूमिका महत्वपूर्ण रहेको र कार्यक्रमलाई सफल पार्नका लागि आर्थिक, भौतिक र नैतिक सबैखाले सहयोग रहने नेपाल विजनेश काउन्सिल, यूएईका कोषाध्यक्ष एवम् मुल आयोजक समितिका सदस्य एकेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।

    आईतबार सम्पन्न उक्त कार्यक्रममा यूएईमा क्रियासिल करिब ५० भन्दा धेरै संघ संस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव मनोज गोर्खाली, जनसम्पर्क समिति यूएईका सभापति भुवानी प्रसाद तिमिल्सिना, जनप्रगतिशिल मञ्च यूएईका अध्यक्ष लक्ष्मण खनाल, प्रवासी नेपाली मञ्च यूएईका अध्यक्ष बाबुराम सापकोटा, गैरआवासीय नेपाली संघ यूएईका निर्वतमान अध्यक्ष तथा संरक्षक ठाकुर प्रसाद ढुङ्गाना, नेपाल आदीवासी जानजाती महासंघ, यूएईका अध्यक्ष विक्रम लिम्बु, डि.एन.आई.जी. का अध्यक्ष मनोज मरहठ्ठा लगायतका बक्ताहरुले बालेका थिए ।

    नेपाल एसोसिएसन–एनआरएनए एनसीसी यूएईका अध्यक्ष विकास शाहीको सभापतित्व रहेको कार्यक्रमको संचालन महासचिव भुवन कुमार वाग्लेले कार्यक्रमको संचालन गर्नुभएको थियो । कार्यक्रममा व्यवसायी तथा विभिन्न संघ संस्थाका प्रमुखहरुले आर्थिक सहयोगको घोषणा गरेका थिए ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ