Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

राजसंस्था पुनःस्थापनाका लागि राप्रपाको सशक्त आन्दोलन, चैत २६ मा काठमाडौंमा शक्ति प्रदर्शन


ग्लोबल पाना
मंगलबार, चैत १२ २०८१
  • 564
    SHARES

  • images
    राजसंस्था पुनःस्थापनाका लागि राप्रपाको सशक्त आन्दोलन, चैत २६ मा काठमाडौंमा शक्ति प्रदर्शन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आन्दोलन मूल समितिको बैठक आज काठमाडौंमा सम्पन्न भएको छ । पार्टी अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन को अध्यक्षतामा बसेको बैठकले देशव्यापी आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।

    images
    images
    images

    बैठकले चैत २६ गते बागमती प्रदेश स्तरीय विशाल आमसभा आयोजना गर्ने, आगामी बैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन गर्ने र समान विचार भएका दल तथा संगठनहरूसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

    बैठकले सरकारलाई पूर्णरूपमा असफल ठहर गर्दै मुलुकको संकटपूर्ण अवस्थाका लागि हालको राजनीतिक प्रणालीलाई दोषी ठहर गर्‍यो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ – सरकार परिवर्तनले मात्रै देशको अवस्था सुधार हुँदैन । विगत २० वर्षको अभ्यासले गलत मार्गचित्रकै कारण मुलुक संकटमा परेको पुष्टि भइसकेको छ।

    राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजी लगायतका माग राख्दै विगतदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएको उल्लेख गर्दै, अब आन्दोलन थप सशक्त बनाइने निर्णय गरेको छब।

    बैठकका प्रमुख निर्णयहरू :

    १. आन्दोलन केन्द्रित रणनीतिः आन्दोलन मूल समितिले प्रस्तुत कार्ययोजनालाई सामान्य परिमार्जन गर्दै पारित गर्‍यो। समान विचार भएका दल, संयुक्त जनआन्दोलन समिति, संघ–संगठनहरूसँग सहकार्य गरी आन्दोलन अघि बढाइनेछ। अन्य दल वा अभियानहरूले आयोजना गर्ने शान्तिपूर्ण कार्यक्रमलाई सहयोग र समर्थन गरिनेछ ।

    २. आगामी आन्दोलनका कार्यक्रमहरूः चैत २६ गते काठमाडौंमा बागमती प्रदेश स्तरीय आमसभा वैशाख ७ गतेदेखि राजधानी केन्द्रित आन्दोलन समान उद्देश्य भएका दल, समूहहरूसँग सहकार्य वा संयुक्त मोर्चा गठन गरिने।

    बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाइएको घटनालाई सरकारको बदनियतपूर्ण निर्णय भन्दै आपत्ति जनाएको छ। राप्रपाले आन्दोलनलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको साथ र समर्थनका लागि अपील गरेको छ।

    IMG-20250325-WA0008.jpg
    IMG-20250325-WA0009.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ