Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलले संसदमा प्रतिवाद गर्ने


ग्लोबल पाना
बुधबार, चैत १३ २०८१
  • 403
    SHARES

  • images
    कुलमानलाई हटाएको विरोधमा प्रतिपक्षी दलले संसदमा प्रतिवाद गर्ने

    काठमाडौं। विपक्षी दलहरूले कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध संसदमा विरोध गर्ने भएको छ। नेकपा माओवादी केन्द्रको संसदीय दल कार्यालय सिंहदरबारमा बुधबार बिहान बसेको बैठकले सरकारको सर्वसत्तावाद र राजनीतिक दम्भको संसदमै प्रतिवादन गर्ने निर्णय गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। उनले भने, ‘सरकारका पछिल्ला गतिविधि र निर्णयहरूको बारेमा छलफल भएको छ।

    images
    images
    images

    सरकारले संख्याको दम्भ देखाउँदै कुलमान घिसिङलाई हटाउने निर्णय गरेको छ। विधि विधान बाहिर अनुशासन बाहिर गएर शक्ति प्रयोग गरेर सरकारले गरेको यो यस्ता अरू गतिविधिहरुविरुद्ध सदनमा आवाज उठाउने निर्णय भएको छ।’ सरकारले कुलमान घिसिङको कार्य सम्पादन राम्रो नभएको भन्दै पदबाट हटाउने निर्णय चैत ११ गतेको मन्त्रिपरिषद बैठकबाट गरेको थियो।

    कुलमानलाई हटाएर उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरिएको छ। विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई सरकारले अपमानपूर्वक हटाएको ठहर गरेका छन्।

    बैठकमा माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचेतक हितराज पाण्डे, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यवाहक सभापति डोलप्रसाद अर्याल, उपाध्यक्ष डा‍. स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी, नेपालका अध्यक्ष महीन्द्र राय यादव सहभागी थिए।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ