Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

वैकल्पिक राजनीति भनेको पुरानो बाली लगाउनु होइन, बरु नयाँ बीउ रोपेर नयाँ फल फलाउनु हो : डा. भट्टराई


ग्लोबल पाना
बुधबार, चैत १३ २०८१
  • 487
    SHARES

  • images
    वैकल्पिक राजनीति भनेको पुरानो बाली लगाउनु होइन, बरु नयाँ बीउ रोपेर नयाँ फल फलाउनु हो : डा. भट्टराई

    काठमाडौं । लुम्बिनी प्रदेशद्वारा आयोजित नेसपा (नयाँ शक्ति) को प्रथम महाधिवेशन भाव सम्प्रेषण तथा प्रसंसा अभियान उद्घाटन कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । कार्यक्रममा युवाहरूको भूमिका, नेपालमा स्थिर सरकारको आवश्यकता, अन्तर्राष्ट्रिय परिदृश्य, तथा वैकल्पिक राजनीतिक धाराबारे गहन छलफल गरिएको थियो ।

    images
    images
    images

    डा. बाबुराम भट्टराईले, “वैकल्पिक राजनीति भनेको पुरानो बाली लगाउनु होइन, बरु नयाँ बीउ रोपेर नयाँ फल फलाउनु हो ।” उहाँले पुराना राजनीतिक प्रणालीमा सुधार गर्नु पर्याप्त नभएको र नयाँ सोचका साथ राजनीति गर्नु पर्ने महत्त्वपूर्ण कुरा पनि जोड्नुभयो । कार्यक्रममा बोल्दै डा. भट्टराईले स्थिर सरकारको अपरिहार्यता जोड दिँदै शिक्षा प्रणालीको अप्रतिफल, बेरोजगारी, र विदेशी निर्भरता हटाउनका लागि दूरगामी सोचयुक्त नीति निर्माणको आवश्यकता औंल्याए ।

    उनीहरूले हालको अस्थिर राजनीतिक परिवेशले नेपालको भविष्यलाई गम्भीर चुनौती सिर्जना गर्ने चेतावनी दिए। अन्तर्राष्ट्रिय राजनीति र नेपालमाथि यसको प्रभावबारे समेत चर्चा गरियो । वक्ताहरूले रूस र अमेरिकाले युक्रेनलाई रणमैदान बनाएको उदाहरण नेपालका लागि पाठ हुनसक्ने उल्लेख गरे । योग्य नेतृत्वको अभावले देश अस्थिरतातर्फ धकेलिन सक्ने र त्यसको दीर्घकालीन असर रहने तर्क राख्दै उनीहरूले नेपाल जस्तो दुई ठूला महाशक्तिहरू—भारत र चीनको बीचमा रहेको मुलुकले विशेष सावधानी अपनाउनुपर्ने बताए ।

    “यदि सरकार यस्तै अस्थिर रहिरह्यो भने, भोलि नेपाल पनि भारत र चीनको प्रतिस्पर्धाको रणभूमि बन्न सक्छ,” नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले आफ्नो केन्द्रीय समिति सदस्यतामा २५ प्रतिशत ४० वर्ष मुनिका युवालाई समेटेर युवा नेतृत्वको महत्त्वपूर्ण उदाहरण प्रस्तुत गरेको वक्ताहरूले उल्लेख गरे । युवाहरूलाई सशक्त रूपमा राजनीतिमा सहभागी गराएर मात्र मुलुकको स्थिरता र समृद्धि सम्भव हुने उनको भनाइ थियो ।

    यस अभियानलाई थप मजबुत बनाउन र अन्य युवाहरूलाई पनि पार्टीसँग जोड्न आग्रह गर्दै नेताहरूले राष्ट्रिय स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि युवाहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताए । कार्यक्रममा सहभागी युवाहरूले समेत नेपालमा स्थिर सरकार, नीतिगत सुधार, र जिम्मेवार नेतृत्वको आवश्यकता रहेको बताए। उनीहरूले नेसपा (नयाँ शक्ति) लाई वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढाउन योगदान दिने प्रतिवद्धता व्यक्त गरे ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ