Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

द्रब्य लिएका केही बुद्धिजिवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता


ग्लोबल पाना
बिहीबार , चैत १४ २०८१
  • 374
    SHARES

  • images
    द्रब्य लिएका केही बुद्धिजिवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा र राजसंस्थाका बारेमा भ्रम फैलाउन खोजिरहेको आरोप लगाएको छ। नेपालका केही बुद्धिजिवी र मिडियाहरू यसमा लागिरहेको राप्रपाले जनाएको छ ।

    images
    images
    images

    ‘द्रब्य लिएर विदेशी स्वार्थ र विदेशी एजेण्डा बोक्ने कथित बुद्धिजिवी र केही मिडिया समेतले नकारात्मकता फैलाउन राजा र राजसंस्थाका विगतका अनेकन किस्साहरु उत्खनन गरिरहेका छन्, ती सबै प्रयासहरु निरर्थक हुनेछन्,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘परिवर्तनको वहाव र जनचाहनालाई अनेकन आवरणमा रोक्न खोज्नु हत्केलाले सूर्य छोप्न खोज्नु जत्तिकै असम्भव र दुस्साहसपूर्ण हुनेछ ।

    गणतन्त्र यसको प्रयोगबाटै असफल भइसक्यो। यो नेपालको लागि होइन, नेपालीले धान्न सकेन, सक्दैन।’ उनले अगाडि भनेका छन्, ‘देश यथास्थितिमा अघि बढिरहन अब किमार्थ सम्भव छैन्, राजसंस्था, हिन्दुराष्ट्रको पुनस्स्थापना र संघीयता खारेजीको पक्षमा हुने आन्दोलन, संघर्ष र प्रदर्शनहरुमा हाम्रो साथ, सहयोग र समर्थन हुनेछ।’

    उनले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन, आन्दोलनको जगमा परिवर्तन अबको गन्तव्य हुने समेत जनाएका छन्।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ