Oct 11 2026 | २०८३, असोज २५गते

images
ताजा अपडेट

images
images
images
images

नेपाल तरुण दल बाराको नेता-कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न


ग्लोबल पाना
बिहीबार , चैत १४ २०८१
  • 539
    SHARES

  • images
    नेपाल तरुण दल बाराको नेता-कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न

    बारा । नेपाल तरुण दल जिल्ला कार्यसमिती बाराले आज पार्टी कार्यालयमा नेता कार्यकर्ता भेटघाट कार्यक्रम राखेको छ । कार्यक्रम जिल्ला स्थित नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा राखिएको हो । नेपाल तरुण दल बाराको जिल्ला अध्यक्ष दिपेन्द्र पटेलको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काङ्ग्रेसको सहमहामन्त्री एवं तरुण दल महाधिवेशन निर्देशन समितिको संयोजक डिना उपाध्यायज्युको प्रमुख आतिथ्यमा भएको छ ।

    images
    images
    images

    कार्यक्रमलाई विशेष अतिथिको रुपमा सम्बोधन गर्दै नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले नेपाल तरुण दल केन्द्रीय समितिले दलको पाँचौ महाधिवेशन गर्ने निर्णय गरिसकेको हुनाले जिल्लामा पुर्णकालिन र प्रारम्भिक सदस्यहरु वितरण गरेर सङ्ग सङ्गै वडा र गाउँ नगरको अधिवेशन गरि केन्द्रमा पठाउन जिल्ला कार्यसमिती बारालाई निर्देशन दिनुभयो ।

    कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा फरक प्रसङ्गमा अध्यक्ष गुरुङले गएको चुनावमा पुर्व पन्चे मेयर ,सांसद र मन्त्री हुने आकाङ्क्षा राखी निर्वाचन लडेर सय (१००) मत कटाउन नसकेको व्यक्ती राजावादीको पक्षमा सडकमा उत्रेको कुरा बताउनुभयो ।कतै राजा आए भने भोलि मेयर, सांसद, मन्त्री भैहालिन्छकि भनेर उनिहरुले दिवा सपना देखेको कुरा अध्यक्ष गुरुङले बताए । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले छिमेकि राष्ट्रको मुख्यमन्त्रीको फोटो राखेर हामीलाई राष्ट्रवाद सिकाउने,के छिमेकिले व्यवस्था बदल्दिने हो ? भनेर आक्रोश पोख्दै नेपाली काङ्ग्रेस जनताको पक्षमा राष्ट्रको पक्षमा भएको बताउदै यो देशको व्यवस्था, सिमाना, धर्म र संस्कृति यहाको नागरिकले रक्षा गर्ने कुरा बताउनुभयो ।

    अध्यक्ष गुरुङले अहिले सामाजिक सन्जालको चरम दुरुपयोग भएको कुरा बताउदै यदि सामाजिक सन्जाललाई युवा विध्यार्थीमाझ सहि तरिकाले चलाउन बाताबरण हुने हो भने इउरोप ,अमेरिकमा गएर गर्ने काम आफ्नो राष्ट्रमै बसेर गर्न सकिने कुरा बताउनुभयो ।घरको झगडा देखि लिएर व्ययस्था र नेता बिरुद्ध सामाजिक सन्जालमा लेख्ने प्रवृत्तिले आम नागरिकमा नकारात्मक असर परेको कुरा अध्यक्ष गुरुङले बताउनुभयो ।

    विशेष गरि जिल्लाको तरुणहरुलाई निर्देशन दिदै अध्यक्ष गुरुङले आम नागरिक के कुरामा असन्तुष्ट छ्न ? नेपाली काङ्ग्रेसले जनताको असन्तुष्टि चिर्न के गर्नु पर्छ भन्ने कुरा जनताको घर घरमा गएर बुझ्ने र नेपाली काङ्ग्रेसको गौरवशाली इतिहासको बारेमा बुझाउनुपर्ने कुरा बताउनुभयो ।

    कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तरुण दल महाधिवेशन निर्देशन समितिको सदस्य पार्टी केन्द्रिय सदस्य माननीय सरिता प्रसाइ,पार्टी जिल्ला सभापती राजेश राय यादव, पार्टी क्षेत्र न.२ सभापती राम प्रवेश यादवज्यु ,पार्टी क्षेत्र ४ प्रदेश सभा “ख “को सभापती एवं पुर्व तरुण दल जिल्ला अध्यक्ष लोकेश सिंह, तरुण दल केन्द्रीय सदस्य सरिन घिमिरेकाे उपस्थिती रहेको छ । कार्यक्रममा उल्लेख नेतागण, तरुण युवाहरुको उपस्थिती रहेको थियो ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ