Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

हाम्रै कमजोरीले इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोज्यो : प्रचण्ड


ग्लोबल पाना
शुक्रबार, चैत १५ २०८१
  • 347
    SHARES

  • images
    हाम्रै कमजोरीले इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोज्यो : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरूकै कमजोरीका कारण इतिहास बनिसकेको राजतन्त्रले टाउको उठाउन खोजेको बताएका छन्। काठमाडौंको भृकुटीमण्डपमा आयोजित समाजवादी मोर्चाको जनसभालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कमजोरी स्वीकारेका हुन्।

    images
    images
    images

    जनआन्दोलन र जनयुद्धको माध्यमबाट सामन्ती राजतन्त्रको ढाड भाँचेको भए पनि संविधान जारी गरेपछि गरिएका केही कमजोरीका कारण अहिले उनीहरूले टाउको उठाउने अवस्था सिर्जना भएको उनको भनाइ छ। जनयुद्धको नेतृत्वकर्ता, शान्ति सम्झौता, गणतन्त्र घोषणा र संविधान निर्माणको नेताको हैसियतले विगतका केही त्रुटीले अहिलेको अवस्था सिर्जना भएको आफूले स्वीकारेको उनको प्रस्टोक्ति छ।

    ‘हामी गणतन्त्रवादीहरूले केही कमजोरी गरेकैले दलाल, नोकरशाहीहरूले पनि थुप्रै लाभ लिने अवसर प्राप्त गरे। तर, अब त्यसलाई सच्याइनेछ,’ उनले भने। उनले समाजवादी मोर्चा र व्यक्तिगत तर्फबाट आत्मआलोचना र्दै अब जनअपेक्षा अनुसार काम गर्ने र इतिहासमा कुडाकर्कट बनिसकेकाहरूले टाउको उठाउन चाहेको आन्दोलनलाई अन्त्य गर्ने दाबी गरे।

    उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई अर्को गल्ती नगर्न चेतावनीसमेत दिएका छन्। नेपाली जनता र राजनीतिक दललाई कमजोरी ठानेर इतिहासमा फर्कने दुस्साहस नगर्न उनको चेतावनी छ।

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ