Oct 14 2026 | २०८३, असोज २८गते

images
ताजा अपडेट

images
images
images
images

आजदेखि देश संक्रमणकालमा, गणतन्त्र कागजमा : राजावादी


ग्लोबल पाना
शुक्रबार, चैत १५ २०८१
  • 393
    SHARES

  • images
    आजदेखि देश संक्रमणकालमा, गणतन्त्र कागजमा : राजावादी

    काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन परिचालन समितिले आजबाट देश संक्रमणकालमा प्रवेश गरेको जनाएको छ । समितिका प्रवक्ता स्वागत नेपालले एक विज्ञप्ति जारी गर्दै आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको भन्दै गणतन्त्र कागजमा मात्रै सीमित रहेको जनाएको हो ।

    images
    images
    images

    पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमतिको मार्ग प्रशस्त नगर्ने हो भने स्थिति थप भयावह हुने समेत समितिले चेतावनी दिएको छ । ‘आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ । गणतन्त्र कागजमा मात्र सीमित रहेको छ ।

    यस अवस्थालाई हुने निश्चित रहेकोले तत्काल सर्वपक्षीय वार्ता र संवादमार्फत अघि बढ्न, राष्ट्रिय मानव अधिकारवादी संघसंस्थाहरू समेतलाई स्थितिको गम्भीर र विवेकपूर्ण पर्यवेक्षण गरिदिन समेत आह्वान गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

    Screenshot_20250328_204404_Facebook.jpg

    images

    प्रतिक्रिया दिनुहोस
    ताजा अपडेट
    ट्रेन्डिङ